काठमाडौं । प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन्। विदुर पुगेपछि उनले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै घाइतेहरूसँग भेट गरेका छन्।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि विदुर पुगेका छन्। प्रधानमन्त्री र मन्त्रीसहितको टोली बिहीबार बिहान स्थलमार्ग हुँदै विदुर पुगेको हो।
बुधबार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीबाट नुवाकोटको विदुर क्षेत्र पनि प्रभावित भएको छ।
स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिएका छन्।
