काठमाडौँ । विनाशकारी बाढीमा परी बेपत्ता हुने पर्यटक तथा नागरिकको संख्या ६४४ पुगेको छ।
नेपाल पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार बाढीमा नेपालसहित विभिन्न देशका नागरिक बेपत्ता भएका छन्।
बोर्डका अनुसार बेपत्ता हुनेमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। भारतका १७८, नेपालका १२७, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१ र अस्ट्रेलियाका ३५ जना बेपत्ता भएका छन्।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले बेपत्ता हुनेको संख्या थपघट हुन सक्ने बोर्डले जनाएको छ।
