• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

रसुवाका विभिन्न जलविद्युत आयोजनामा बाढीको क्षतिः सयौं कामदार सम्पर्कविहीन, उद्धारमा कठिनाइ

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
११ भाद्र २०८३, बिहीबार
A A
रसुवाका विभिन्न जलविद्युत आयोजनामा बाढीको क्षतिः सयौं कामदार सम्पर्कविहीन, उद्धारमा कठिनाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रसुवा जिल्लामा अवस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा बाढीले ठूलो क्षति पु¥याएको छ । प्राकृतिक विपत्तिका कारण निर्माणाधीन तथा सञ्चालित आयोजनामा कार्यरत सयौं स्वदेशी तथा विदेशी कर्मचारी एवं कामदारहरू सम्पर्कविहीन भएका छन् ।

सञ्चार सम्पर्क विच्छेद र भौगोलिक विकटताका कारण उद्धार कार्यमा समेत चुनौती देखिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था -इप्पान_ ले जनाएको छ । निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत ७६ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

एन्ड्रिज हाइड्रोका यी कर्मचारीहरूमध्ये आधा नेपाली र आधा विदेशी नागरिक हुन् । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना कर्मचारी पनि सम्पर्कमा छैनन्, जसमा ८ जना कोरियन नागरिक रहेका छन् ।

यसैगरी, परामर्शदाता जेड कन्सल्र्ट र लामा जेभियर्स जेभीका ७ जना कर्मचारी पनि बेपत्ता भएको सूचना प्राप्त भएको छ । आयोजनाको हेडवक्र्स क्षेत्रमा १२ जना र विद्युतगृह (पावर हाउस) क्षेत्रमा २०० भन्दा बढी व्यक्तिहरू उद्धारको पर्खाइमा रहेका छन् ।

२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङमा बुधवारदेखि ६० जना व्यक्ति थुनिएका छन् । सम्पर्कविहीन हुनेहरूमा २५ जना कर्मचारी र ३५ जना कामदार रहेका छन् । उनीहरूको अवस्था हालसम्म अज्ञात छ । विकासकर्ता कम्पनीले उद्धारका लागि पहल गरे तापनि हेलिकप्टरको व्यवस्था हुन नसक्दा कठिनाइ भइरहेको छ ।

१११ मेगावाटको रसुवागढी आयोजनामा कार्यरत ५१ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । तिमुरे क्षेत्रमा ३ जना कामदारले भने अग्लो स्थानमा उक्लिएर ज्यान जोगाउन सफल भएका छन् । हाल त्यस क्षेत्रमा कुनैपनि सञ्चार सम्पर्क स्थापित हुन सकेको छैन ।

५ मेगावाटको मैलुङ खोला आयोजनाको विद्युतगृहमा कार्यरत ८ जना कर्मचारी बुधवारदेखि नै सम्पर्कविहीन छन् । उनीहरूको अवस्था बुझ्न हेलिकप्टरमार्फत अवलोकन गर्ने प्रयास भइरहेको इप्पानले जनाएको छ ।

१ सय २० मेगावाटको रसुवा भोटेकोशी आयोजनाका सिभिल कन्ट्रयाक्टर सिनो हाइड्रोका २ जना कामदार बेपत्ता भएका छन् । अन्य ५ जना कर्मचारी (३ चिनियाँ र २ नेपाली) भने नजिकैको गाउँमा शरण लिएर बसेका छन् ।

उनीहरू हाल उद्धारको प्रतिक्षामा छन् र उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।–न्युज एजेन्सी नेपाल

Previous Post

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् सेवा सुचारु गर्दै प्राधिकरण

Next Post

रसुवा बाढीः २ सय ५८ जनाको शव फेला, ९ सय १० सम्पर्कविहीन

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In