• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

उद्धार, राहत तथा पुनःस्थापनाको लागि १५ स्थानीय तह उच्च प्राथमकितामा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
११ भदौ, २०८३
A A
बाढी प्रभावित क्षेत्रमा उद्धारदेखि पुनःस्थापनासम्म १२ टोली परिचालन, कुन टोलीको जिम्मेवारी के?
0
SHARES
0
VIEWS

काठमाडौँ । सरकारले रसुवा बाढीबाट प्रभावित १५ स्थानीय तहलाई उद्धार, राहत तथा पुनर्स्थापनामा उच्च प्राथमिकतामा राखेर काम गर्ने भएको छ ।

सरकारले प्रभावित १५ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर उद्धार, खोज तथा राहतका सबै कामलाई प्राथमिकताका साथ अघि बढाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । प्रभावित क्षेत्रमा तत्काल सार्वजनिक सेवा र लाइफलाइन पूर्वाधार पुनर्स्थापनामा जोड दिइने उनले बताइन् ।

विद्युत्, दूरसञ्चार तथा सञ्चार टावर, सडक र खानेपानीलगायत दैनिक जीवनयापनका लागि आवश्यक संरचना तत्काल मर्मत तथा पुनर्स्थापना गरिने उनको भनाइ छ । त्यससँगै अस्थायी आवास, निजी आवास निर्माण तथा दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनाका काम अघि बढाइने उनले जानकारी दिइन् ।

तत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ बुधवार नै रकम जिल्लामा पठाइएको उनले बताइन् । उक्त रकम जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र ९डीओसीसी० मार्फत आवश्यकताअनुसार खर्च गर्न सकिने गरी अधिकार प्रत्यायोजन गरिएको महतले बताइन् ।

उनले भनिन्, ‘हामीले प्रभावित जिल्लाका १५ वटा पालिकालाई विशेष प्राथमिकतामा राखेका छौँ। नेपाल सरकारले हिजो नै ती पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । रसुवामा आएको बाढीका कारण सिर्जित विपद्लाई ध्यानमा राख्दै उद्धारदेखि खोज तथा राहतसम्मका सबै पक्षमा ती क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने देखिएको छ ।

त्यससँगै पुनर्निर्माण, अस्थायी आवास, निजी आवास तथा पुनर्लाभका कामलाई पनि अगाडि बढाउनुपर्नेछ । मुख्य रूपमा अहिले जीवनयापनका लागि अत्यावश्यक सार्वजनिक सेवाहरूको पुनःस्थापना नै पहिलो प्राथमिकता हो । विद्युत्, दूरसञ्चार तथा सञ्चारका टावरहरू क्षतिग्रस्त भएका छन् भने तिनलाई तत्काल मर्मत तथा पुनर्निर्माण गर्नुपर्नेछ ।

त्यस्तै, सडक, खानेपानीलगायत दैनिक जीवनयापनका लागि आवश्यक पूर्वाधारहरू क्षतिग्रस्त भएका छन् भने तिनको पनि तत्काल पुनःस्थापना गर्नुपर्नेछ । यसका लागि अहिले कार्यकारी समिति पनि बसिरहेको छ, जसमा सबै लाइन मन्त्रालयका सचिवज्यूहरू तथा कतिपय मन्त्रीज्यूहरू पनि हुनुहुन्छ । उहाँहरूले आवश्यक निर्णयहरू गरिरहनुभएको छ ।

हिजो परिषद् र मन्त्रिपरिषद्बाट पनि यससम्बन्धी निर्णय भइसकेको छ । त्यसैअनुसार हिजो नै प्राधिकरणबाट नुवाकोट र रसुवालाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ तत्काल विनियोजन गरिएको छ । नेपाल सरकारले गरेको निर्णयअनुसार, जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डिओसीसी) मार्फत आवश्यक निर्णय गरी उक्त रकम खर्च गर्न सक्ने गरी अधिकार प्रत्यायोजनसमेत भइसकेको छ ।’

सरकारले रसुवा, नुवाकोट र धादिङका १५ स्थानीय तहलाई ३ महिनाका लागि संकटग्रस्त घोषणा गरी विपद् व्यवस्थापनको काम गरिरहेको उनको भनाइ छ । उनले प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री पठाइएको जानकारी दिइन् । राहत सामग्रीलाई धादिङ र नुवाकोटमा भण्डारण गरी आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ । रसुवामा भौगोलिक कठिनाइका कारण राहत सामग्री पुर्‍याउन केही समस्या देखिएको उनले बताइन् ।

उनका अनुसार विभिन्न गैरसरकारी संस्थालाई समेत आवश्यकताअनुसार प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी भइरहेको छ । उद्धार तथा राहतका लागि प्राधिकरणले तीनवटै सुरक्षा निकायसँग समन्वय गरिरहेको उनले जानकारी दिइन् । स्थानीय तह तथा जिल्ला प्रशासनबाट आएको आवश्यकताका आधारमा हेलिकप्टर परिचालन गरिएको छ ।

हालसम्म प्राप्त विवरणअनुसार बाढीपहिरोमा ७३ जना घाइते भएको उनले जानकारी दिइन् । रसुवामा ४३, नुवाकोटमा २७ र धादिङमा ३ जना घाइते भएका हुन् । सामान्य घाइतेको स्थानीय अस्पतालमै उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सैनिक अस्पताल, नर्भिक तथा सिभिल अस्पताललगायतमा उपचार भइरहेको उनले जानकारी दिइन् ।

स्वास्थ्य मन्त्रालयले घाइतेको निःशुल्क उपचार गर्ने तथा सरकारी, निजी र अन्य अस्पताललाई आवश्यक शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएको उनको भनाइ छ । मृतकका परिवारलाई नियमअनुसार तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि सरकारले गरिसकेको उनले बताइन् ।

यसैबीच कैलाश मानसरोवर यात्रामा गएका करिब २०० जना सम्पर्कविहीन भएको विषयमा समेत खोजी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ । बाढीका कारण नेपाल टेलिकम र एनसेलका टावरमा क्षति पुगेकाले कतिपय व्यक्ति सुरक्षित भए पनि सञ्चार सम्पर्कमा आउन नसकेको प्राधिकरणले जनाएको छ ।

Previous Post

रसुवा बाढीः २ सय ५८ जनाको शव फेला, ९ सय १० सम्पर्कविहीन

Next Post

भारतले भन्यो– २८८ भारतीय नेपालमा सम्पर्कविहीन छन्

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav