• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश कर्णाली प्रदेश

प्रहरी प्रधान कार्यालयमा स्थापित ‘आपत्कालीन समन्वय केन्द्र’ ले विपद् व्यवस्थापन तथा उद्धारमा कसरी काम गर्दैछ ?

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भाद्र २०८३, आईतवार
A A
प्रहरी प्रधान कार्यालयमा स्थापित ‘आपत्कालीन समन्वय केन्द्र’ ले विपद् व्यवस्थापन तथा उद्धारमा कसरी काम गर्दैछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढी र त्यसपछिको विपद्का घटनालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरी कार्य शुरु गरिरहेको छ ।
प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा स्थापित यस केन्द्रको नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदर्शनप्रसाद कोइरालाले गरिरहनुभएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेकाअनुसार यस केन्द्रले विपद्का घटनामा परेका व्यक्तिको खोजतलास, शव व्यवस्थापन र उद्धार कार्यमा अन्तरनिकाय समन्वयको मुख्य भुमिका निर्वाह गरिरहेको छ ।

केन्द्रमा विभिन्न डेस्कहरू स्थापना गरी अस्पतालहरूमा संकलन भएका शवहरूको विवरण, तस्बिर तथा भिडियो संकलन गर्ने र पीडित पक्षसँग समन्वय गरी पहिचान खुलाउने कार्य भइरहेको छ ।

प्रवक्ता काफ्लेकाअनुसार केन्द्रले देशभरबाट बेपत्ता भएका व्यक्तिहरूको विवरण संकलन गरी त्यसको व्यवस्थित ‘डकुमेन्टेसन’ गरिरहेको छ। संकलित फोटो तथा भिडियोहरूलाई बेपत्ता व्यक्तिको विवरणसँग भिडान (म्याचिङ) गरी पहिचान गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । उद्धार कार्यका लागि मेडिकल असिस्टेन्स र आवश्यक जनशक्ति परिचालनमा समेत यसै केन्द्रबाट समन्वय भइरहेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा समन्वय अधिकृत तोकिएको छ । केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग निरन्तर समन्वय गरिरहेको छ ।

प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार विपद्का कारण हालसम्म ६ सय ६९ वटा शव (अङ्गहरू समेत गरी) फेला परेका छन् । जसमा १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ वटा मानव अङ्ग रहेका छन् । फेला परेका शवमध्ये हालसम्म २० वटा पहिचान खुलेर आफन्तलाई हस्तान्तरण गरिएको छ ।

बेपत्ता हुनेहरूको संख्या २,३६२ पुगेको छ । जसमा १,५९१ स्वदेशी पुरुष, २६४ स्वदेशी महिला रहेका छन् भने ५२३ जना विदेशी नागरिक ९२२३ पुरुष र ३०० महिला० बेपत्ता छन् । विपद्को समयमा २६ जना प्रहरी कर्मचारी समेत हराइरहेको केन्द्रले जनाएको छ ।
प्रहरीले हालसम्म २,३०१ जनाको घाइते अवस्थामा उद्धार गरेको छ ।

नुवाकोटमा ९ वटा होल्डिङ सेन्टर स्थापना गरी १ हजार जनालाई राखिएको छ भने धादिङमा पनि होल्डिङ सेन्टरहरू सञ्चालनमा ल्याइएको छ ।

नेपाल प्रहरीले हराएका र फेला परेका व्यक्तिहरूको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उपलब्ध गराएको छ । नागरिकहरूले वेबसाइटमा राखिएका फोटो तथा भिडियोहरू हेरेर आफ्ना आफन्तको पहिचान गर्नसक्ने र त्यसपछि कानूनी प्रक्रिया पूरा गरी शव हस्तान्तरण गरिने प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

Previous Post

रसुवा बाढीपीडितको सहयोगका लागि नेकपाले २५ लाख रुपैयाँ प्रदान गर्ने

Next Post

भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति, उद्धार र राहत कार्य जारी

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In