काठमाडौं । धादिङको गल्छी गाउँपालिका–४ स्थित चिरौदी खोलामा आएको बाढीले चारवटा घर बगाएको छ।
आइतबार बिहान खोलामा पानीको बहाव बढेपछि चिरौदी खोलाको छेउमा रहेका चार घर बाढीले बगाएको गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपककुमार कार्कीले जानकारी दिए।
उनका अनुसार भदौ १० गते आएको बाढीका कारण घरहरू कमजोर बनेका थिए। त्यसपछि आइतबार बिहान आएको थप बाढीले ती घरहरू पूर्ण रूपमा बगाएको हो।
बाढीका कारण घरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको वडाध्यक्ष कार्कीले बताए। प्रभावित परिवारको अवस्था तथा क्षतिको थप विवरण संकलन भइरहेको जनाइएको छ।
