• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

फुर्के खोला पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै धादिङबेसी जोडियो

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भाद्र २०८३, आईतवार
A A
फुर्के खोला पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै धादिङबेसी जोडियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवा बाढीले धादिङको सदरमुकाम धादिङबेंसी जोड्ने फुर्के खोला पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क वैकल्पिक मार्गबाट जोडिएको छ ।

फुर्के खोलाको पुल बगाएपछि मासटार–क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनाराबाट धादिङबेंसी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो । संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंका प्रमुख सञ्जय नेपालका अनुसार बाढीले फुर्के खोलाको पुल ‘वास आउट’ भएपछि धादिङ सदरमुकामसँगको सडक सम्पर्क विच्छेद भएको थियो ।

त्यसपछि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङबेंसी जोड्ने सडक खुलाइएको उनले बताए । उनका अनुसार हाल साना सवारीसाधनहरू धादिङबेसीसम्म सञ्चालन हुन थालेका छन् ।

ठूला सवारीसाधन सञ्चालनका लागि भने सडकलाई सहज बनाउन बाढीबाट क्षति पुगेका तथा लेदो र हिलो भरिएका खण्डमा ग्राभेल राख्ने काम भइरहेको उनले बताए । खोल्सी तथा पानी बग्ने स्थानमा ढुंगा मिलाएर सवारीसाधन पार गर्न सकिने बनाइएको उनले बताए ।

केही खण्डमा सडक सामान्य अवस्थामा रहे पनि बाढीले वास आउट गरेका स्थानमा भने सवारी सञ्चालनमा कठिनाइ रहेको उनले बताए । ती खण्डमा लेदो हटाउने, ग्राभेल राख्ने र आवश्यक स्थानमा अस्थायी संरचना बनाउने काम भइरहेको उनले बताए ।

उनले भने, ‘बाढीले धादिङबेसी जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ सदरमुकामसँगको हाम्रो सडक सम्पर्क विच्छेद भएको अवस्था थियो । त्यसपछि धादिङबेसीलाई वैकल्पिक रूपमा जोड्नका लागि मासटारबाट क्युरिनटार हुँदै त्रिशूली नदीमा रहेको पुल प्रयोग गरेर राइट बैंकतर्फबाट बाटो सञ्चालन गर्ने प्रयास गरिरहेका छौँ । अहिले मोटामोटी रूपमा काम सम्पन्न भइसकेको छ, मेसिनहरू शुक्रबारदेखि नै परिचालन गरिएका थिए । अहिले साना सवारीसाधनहरू यही बाटो हुँदै धादिङबेंसीसम्म पुग्न सक्ने गरी सडक सम्पर्क स्थापित भइसकेको छ । यसलाई अझ सहज बनाउने प्रयास भइरहेको छ ।’

उनले थपे, ‘अप्ठ्यारा खण्डहरूमा समेत ग्राभेल राखेर साना सवारीसाधनका लागि सहज हुने गरी काम अगाडि बढाइरहेका छौँ । खोला भएका स्थानमा कल्भर्ट बनाउनुपर्ने अवस्था भएमा ढुङ्गा मिलाएर त्यहाँबाट सवारीसाधन सहज रूपमा पार हुने व्यवस्था गरिरहेका छौँ । केही स्थानमा ग्राभेल आवश्यक पर्ने देखिएको छ । नजिकै ग्राभेलको स्रोत भेटिएमा त्यसलाई उपयोग गरेर लेदो र हिलो भएका स्थानमा ग्राभेल हाल्दै सवारीसाधनको आवतजावत सहज बनाउने तयारी भइरहेको छ । अहिले दुईवटा मेसिन साइटमै छन् भने अन्य साइटहरूमा पनि आवश्यक उपकरणहरू परिचालन भइसकेका छन् । साना सवारीसाधनका लागि बाटो खुलिसकेको छ । अन्य सवारीसाधनलाई समेत सहज हुने गरी काम अगाडि बढाइरहेका छौँ ।’

सडक डिभिजन नुवाकोटका प्राविधिक टोलीसहित दुईवटा मेसिन वैकल्पिक सडक सञ्चालन गर्नका लागि परिचालन गरिएको उनले बताए । अन्य क्षतिग्रस्त स्थानमा समेत आवश्यक उपकरण परिचालन गरिएको उनले बताए ।

Previous Post

दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो

Next Post

जय नेपाल पार्टीले १३० सदस्यीय केन्द्रीय समिति घोषणा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In