पोखरा । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका १०२ जनामध्ये हालसम्म १६ जनाको मात्रै शव सनाखत भएको छ ।
बाढीपछि पोखरा ल्याइएका १०२ शवमध्ये १६ जनाको पहिचान खुलेको हो । पहिचान हुन नसकेका बाँकी शवलाई पोखरा महानगरपालिका–१६ स्थित सिँचाइको स्वामित्वमा रहेको जमिनमा समाधिस्थ गर्ने तयारी गरिएको छ ।
शव व्यवस्थापनका लागि उक्त स्थानमा हाल तीनवटा एक्साभेटर प्रयोग गरी खाडल खन्ने काम भइरहेको छ ।
भदौ १० गते आएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका तथा पहिचान हुन नसकेका मृतकहरूको शव व्यवस्थापनका लागि स्थानीय प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।
– न्युज एजेन्सी नेपाल
