• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भदौ, २०८३
A A
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन १५ दिन लाग्ने
0
SHARES
0
VIEWS

काठमाडौं । रसुवा बाढीका कारण त्रिशूली नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि यातायात सम्पर्क विच्छेद भएका रसुवा र धादिङ जिल्लाका सदरमुकामलाई वैकल्पिक मार्गमार्फत सडक सञ्जालमा जोडिएको छ ।

सडक डिभिजन नुवाकोटका प्रमुख बद्रीप्रसाद शर्माले रसुवा र धादिङ दुवै सदरमुकामलाई वैकल्पिक मार्गमार्फत सडक सम्पर्कमा ल्याइएको जानकारी दिए ।

उनका अनुसार टोखा–गुर्जे–छहरे हुँदै बाहुनेबेँसी, समरथली र जिरो किलोमिटरबाट पासाङल्हामु मार्ग हुँदै रसुवातर्फ जाने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको हो । उक्त मार्गमा हाल साना सवारी सञ्चालनमा आएका छन् । ठूला सवारीसमेत सञ्चालन गर्न अर्को वैकल्पिक मार्ग तयार पार्ने काम भइरहेको उनले बताए ।

धादिङ सदरमुकाम धादिङबेँसीसँगको यातायात सम्पर्क पनि वैकल्पिक मार्गबाट जोडिएको छ ।

मलेखु–धादिङबेँसी सडकअन्तर्गत फुर्केखोलाको त्रिशूली पुलमा क्षति पुगेपछि मासटार र गल्छीमा सुरक्षित रहेका पुल प्रयोग गरी त्रिशूली नदीको दाहिने किनार हुँदै गजुरीटारबाट धादिङबेँसी पुग्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको शर्माले बताए ।

सडक डिभिजन नुवाकोटको कार्यक्षेत्रमा पर्ने नुवाकोट, धादिङ र रसुवा जिल्लाका धेरै सडक तथा पुलमा बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिए । गल्छी क्षेत्रका सडक तथा त्रिशूली नदीमा रहेका पुलमा ठूलो क्षति पुगेपछि नियमित यातायात सञ्चालन प्रभावित भएको हो ।

शर्माले भने, ‘बाढीका कारण रसुवा र धादिङ सदरमुकाम सडक सम्पर्कविच्छेद भएका थिए । त्यसलाई हामीले अहिले अन्य वैकल्पिक बाटोबाट सडक सञ्जालमा जोडिसकेका छौँ । रसुवाका लागि टोखा–गुर्जे–छहरे बाटोबाट बाहुनेबेँसी हुँदै समरथली र त्यसपछि जिरो किलोमिटर हुँदै पासाङल्हामुबाट जाने बाटो सुचारु भएको छ । साना गाडी त्यसमा सुचारु भए, अलि ठूला गाडी पनि जाने अर्को वैकल्पिक बाटो पत्ता लगाएर त्यसमा हामी काम गर्दैछौँ ।’

धादिङ सदरमुकाम धादिङबेँसीका लागि मासटारबाट त्रिशूली नदीको दाहिने किनार हुँदै गजुरीटार पुग्ने वैकल्पिक मार्गसमेत सञ्चालनमा ल्याइएको उनले बताए ।

उनका अनुसार अहिले रसुवा र धादिङ दुवै सदरमुकाम वैकल्पिक सडकमार्फत यातायात सञ्जालमा जोडिएका छन् ।

बाढीले नुवाकोटमा त्रिशूली नदी वारिपारिका सडक सम्पर्कमा समेत असर पारेको छ । नदी पार गर्ने पुलहरूमा क्षति पुगेपछि गल्छीदेखि त्रिशूलीको दाहिने किनार हुँदै कोलोनी र त्रिशूलीसम्म पुग्ने अर्को वैकल्पिक मार्ग निर्माणको काम भइरहेको शर्माले बताए ।

त्रिशूली र देवीघाटमा बेलीब्रिज राख्ने विषयमा नेपाली सेनासँग समन्वय भइरहेको उनले जानकारी दिए ।

प्रदेश सरकार, स्थानीय तह तथा सडक विभागका अन्य निकायसँग समन्वय गरी सकेसम्म छिटो यातायात सेवा सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।

बाढीका कारण सडक डिभिजन नुवाकोटका कर्मचारी तथा भौतिक संरचनामा समेत क्षति पुगेको शर्माले जानकारी दिए ।

– न्युज एजेन्सी नेपाल

Previous Post

भोटेकोशी बाढीले देशलाई एकताको सूत्रमा बाँध्न मद्दत गर्‍योः महन्थ ठाकुर

Next Post

राहत वितरणमा एकद्वार प्रणाली प्रभावकारी भएनः सांसद भुवनबहादुर सुनार

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav