• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्रियसभाद्वारा भोटेकोशी बाढी व्यवस्थापनबारे विशेष प्रस्ताव सर्वसम्मतिले पारित

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भाद्र २०८३, मंगलवार
A A
राष्ट्रियसभाद्वारा भोटेकोशी बाढी व्यवस्थापनबारे विशेष प्रस्ताव सर्वसम्मतिले पारित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रियसभाले भोटेकोशी बाढी र त्यसपछिको व्यवस्थापनबारे विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

मंगलबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको ‘विपद् आइसकेकाले समन्वयात्मक रूपमा राहत, उद्धार तथा विस्तृत व्यवस्थापन’ सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

विशेष प्रस्तावमार्फत बाढी प्रभावित क्षेत्रमा स्वदेशी तथा विदेशी विशेषज्ञ र प्राविधिकसहितको जनशक्ति परिचालन गरी खोज तथा उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रस्तावमा बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा सम्पर्कविहीन व्यक्तिको खोजीलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

त्यस्तै, घाइतेहरूको निःशुल्क उपचार, वैज्ञानिक विधिबाट शव व्यवस्थापन तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।

विपद् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । साथै स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्यमा राष्ट्रिय एकता कायम गर्दै विपद्को सामना गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी उपाय अवलम्बन गर्नसमेत सरकारलाई आग्रह गरिएको छ ।

यस्तो छ राष्ट्रियसभाको विशेष प्रस्ताव

‘मिति २०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिको दुःखद् घडीमा ज्यान गुमाउने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा सम्पर्कविहीनहरूको खोजी, घाइतेहरूको निःशुल्क उपचार, वैज्ञानिक शव व्यवस्थापन र भौतिक संरचनाको पुनर्निर्माणका लागि तहगत सरकारहरूबीच समन्वय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायलगायत सबैको सहयोग, सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद् व्यवस्थापन गर्न र भविष्यमा विपद् जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न नेपाल सरकारको विशेष ध्यान जाओस् भन्ने आग्रहसहित यो विशेष प्रस्ताव पारित गरियोस् ।’

– न्युज एजेन्सी नेपाल

Previous Post

राहत वितरणमा एकद्वार प्रणाली प्रभावकारी भएनः सांसद भुवनबहादुर सुनार

Next Post

रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In