• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home खेलकुद

काभा बिच भलिबलमा स्वर्ण जित्ने लक्ष्यसहित नेपाली टोली भुटान जाँदै

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भाद्र २०८३, मंगलवार
A A
काभा बिच भलिबलमा स्वर्ण जित्ने लक्ष्यसहित नेपाली टोली भुटान जाँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली राष्ट्रिय बिच भलिबल महिला तथा पुरुष टोलीले भुटानमा आयोजना हुने काभा बिच भलिबल टुरमा उपाधि जित्ने लक्ष्य राखेको छ ।

भुटानको राजधानी थिम्पुमा आगामी सेप्टेम्बर ४ देखि ६ तारिखसम्म काभा बिच भलिबल टुर आयोजना हुँदैछ । प्रतियोगितामा नेपालका समान दुई–दुई महिला तथा पुरुष टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

महिला टोलीमा अनुभवी खेलाडी कमला पुन र कोपिला रानाको जोडीले प्रतिस्पर्धा गर्नेछ । कमला पुनले यसअघि काभा बिच भलिबलमा नेपाललाई एक स्वर्ण र एक रजत पदक दिलाइसकेकी छन् ।

महिलातर्फको अर्को टोलीमा सुनिता राई र भावना डाँगी रहेका छन् । पुरुषतर्फ महेन्द्र श्रेष्ठ–राजकुमार निरौला तथा झमनसिंह दर्जी–शरण कार्कीको जोडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

नेपाली बिच भलिबल टोलीका प्रशिक्षक श्रीराम बोगाटी रहेका छन् । काभा बिच भलिबलमा नेपालले पछिल्ला वर्षहरूमा पदक जित्दै आएको छ । यसपटक पनि नेपाली टोली स्वर्ण पदक जित्ने लक्ष्यसहित थिम्पु जाने तयारीमा छ ।

नेपाल भलिबल संघका अनुसार जितेन्द्र श्रेष्ठको नेतृत्वमा खेलाडी, प्रशिक्षक तथा व्यवस्थापनसहित १० सदस्यीय नेपाली टोली बुधबार भुटान प्रस्थान गर्नेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित मेहता तथा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले नेपाली टोलीलाई बिदाइ गरेका छन् ।

बिदाइ कार्यक्रममा सदस्यसचिव मेहताले राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडीले उच्च मनोबलका साथ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताए ।

नेपाली भलिबलको आवश्यकता तथा विद्यमान अभावबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले स्रोतसाधनको सीमितताका कारण कतिपय लक्ष्य पूरा गर्न कठिनाइ भइरहेको बताए । उपलब्ध अवसरलाई सदुपयोग गर्दै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एसियाली खेलकुद (साग) मा बिच भलिबल समावेश गरिएकाले नेपालले अहिलेबाटै योजनाबद्ध तयारी गर्नुपर्ने बताए । उनले दशौँ राष्ट्रिय खेलकुदमा समेत बिच भलिबल समावेश गरी तयारीको अवसर प्रदान गर्न आग्रह गरे ।

थिम्पुमा हुने काभा बिच भलिबल टुरमा नेपालसहित आयोजक भुटान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र उज्बेकिस्तानका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले पछिल्ला वर्षमा बिच भलिबलमा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । २०८१ सालमा भुटानमै सम्पन्न प्रतियोगिताको फाइनलमा उज्बेकिस्तानलाई पराजित गर्दै कमला पुन र मनीषा चौधरीको जोडीले महिला बिच भलिबलको उपाधि जितेको थियो ।

त्यसअघि बंगलादेशमा भएको काभा बिच भलिबलमा कमला पुन र कोपिला उप्रेतीको जोडीले रजत पदक जितेको थियो । पुरुषतर्फ पनि नेपालले रजत पदक जितेको थियो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले उक्त सफलता हात पारेको थियो ।

पछिल्ला अन्तर्राष्ट्रिय सफलताले नेपाली बिच भलिबलमा सम्भावना देखिए पनि नियमित प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसर तथा पूर्वाधारको अभाव अझै चुनौतीका रूपमा रहेको नेपाल भलिबल संघले जनाएको छ ।

करिब एक महिनाको प्रशिक्षणपछि स्वर्ण पदक जित्ने लक्ष्यसहित नेपाली बिच भलिबल टोली भुटान प्रस्थान गर्न लागेको हो ।

– न्युज एजेन्सी नेपाल

Previous Post

रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता

Next Post

इप्पानद्वारा भोटेकोशी बाढीपीडितका लागि १३ करोड १ रुपैयाँ सहयोग घोषणा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In