• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र प्रधानमन्त्रीबीच भेटवार्ताः विपद् व्यवस्थापन र पूर्वाधार पुनःनिर्माणबारे सुझाव पेश

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भाद्र २०८३, बिहीबार
A A
उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र प्रधानमन्त्रीबीच भेटवार्ताः विपद् व्यवस्थापन र पूर्वाधार पुनःनिर्माणबारे सुझाव पेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी मुलुकको विद्यमान विपद् व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गरेका छन् ।

बिहीवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको उक्त भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी विपत्तिबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिएका हुन् । भेटका क्रममा घिसिङले मुलुकमा आइपरेको संकटको घडीमा उद्धार (रेस्क्यु), राहत (रिलिफ) र पुनस्र्थापना (रिसेटलमेन्ट) का कार्यलाई एकीकृत रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । विशेषगरी बाढी र पहिरोका कारण सुरुङभित्र फसेका नागरिकहरूको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड दिन उहाँले आग्रह गरेका छन् । सडक सञ्जालको पुनःस्थापनाका विषयमा छलफल गर्दै उहाँले स्याफ्रुबेँसी लगायतका क्षेत्रमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक स्थानहरूमा बेलिब्रिज निर्माण गर्न सुझाव दिएका छन् । यस्तै, ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै घिसिङले क्षतिग्रस्त जलविद्युत आयोजनाहरूलाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताएका छन् ।

अध्यक्ष घिसिङले भन्नुभयो, ‘सुरुङभित्रको अवरोध हटाउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन विशेष उपकरणहरूको आवश्यकता छ । भौगोलिक विकटताका कारण उपकरण पु¥याउन कठिन भएका स्थानमा हेलिकोप्टरमार्फत हेभी इक्युपमेन्ट ढुवानी गरेर भए पनि कामलाई गति दिनुपर्छ । करिव २३५ मेगावाटका आयोजनाहरू प्रभावित भएका छन् । निजी क्षेत्रका प्रवद्र्धकहरूलाई प्रोत्साहन गर्न र बीमा भुक्तानी प्रक्रियालाई सहज बनाउन सरकारले नीतिगत सहजीकरण गर्नुपर्छ ।’

भेटका अवसरमा दीर्घकालीन सुरक्षाका लागि जलविद्युत आयोजनाहरूको डिजाइनमा पुनरावलोकन गर्नुपर्ने र बेसिन म्यानेजमेन्ट (नदी किनारा व्यवस्थापन) मा ध्यान दिनुपर्ने विषयमा पनि चर्चा भएको छ । घिसिङले जोखिम विश्लेषण गरेर मात्र नदी किनारमा सडक र अन्य संरचना निर्माण गर्न सुझाव दिएका छन् । जवाफमा प्रधानमन्त्रीले घिसिङद्वारा प्रश्तुत सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह बमोजिम प्रभावकारी कदम चाल्ने आश्वासन दिएका छन् ।

Previous Post

वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा दुई प्यालेस्टिनीको मृत्यु

Next Post

शव व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्छः कुलमान घिसिङ

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In