• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

शव व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्छः कुलमान घिसिङ

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भाद्र २०८३, बिहीबार
A A
शव व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्छः कुलमान घिसिङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्पछिको शव व्यवस्थापन र सडक सञ्जाल पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी उहाँले स्थलगत अवलोकनका क्रममा देखिएका समस्या र जनस्तरमा व्याप्त आक्रोशका बारेमा जानकारी गराएका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले शव व्यवस्थापनमा भएको ढिलाइप्रति स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूमा ठूलो असन्तुष्टि देखिएको बताएका छन् । घिसिङले अवरुद्ध सडक सञ्जाललाई सुचारु गर्न विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । सडक कनेक्टिभिटीमा ढिलाइ गर्न नहुने भन्दै उहाँले यसबारे सरकारलाई स्पष्ट सुझाव दिएको जानकारी दिएका छन् । होल्डिङ सेन्टरहरूमा आश्रित बालबालिका, महिला र ज्येष्ठ नागरिकहरूको अवस्थाबारे पनि छलफल भएको छ । ती केन्द्रहरूमा स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्ने विषयलाई गम्भीरताका साथ उठाइएको उहाँले बताएका छन् । भेटका क्रममा प्रधानमन्त्री साहले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई काठमाडौं ल्याएर उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका घिसिङको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अब लाश व्यवस्थापनको विषयमा गम्भीर रूपमा सोच्नुपर्छ । लाश व्यवस्थापनमा अलिकति ढिलाइ भयो भन्ने आक्रोश छ । तल देखिएको आक्रोश जुन स्थानीय निकायको थियो र स्थानीय जनताको थियो, त्यो आक्रोश हामीले बुझेका छौँ । हामी फिल्डमै गएर आएपछि त्यहाँका सबै कुरा र जुन आक्रोश हामीसँग व्यक्त भइरहेको थियो, त्यो कुरा पनि हामीले प्रधानमन्त्रीज्यूलाई राखेका छौँ । अब सडक कनेक्टिभिटीलाई पनि, रोड कनेक्टिभिटीलाई पनि विशेष प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ । त्यसलाई ढिलाइ गर्नु हुँदैन भन्नेकुरामा हामीले प्राथमिकता दिएर उहाँहरूलाई सुझाव दिएका छौँ । अब मुख्य गरेर होल्डिङ सेन्टरमा बस्ने साथीहरू जति छन्, जुन बालबच्चादेखि महिला, वृद्धवृद्धासम्म छन्, त्यसलाई सामाजिक रूपले र स्वास्थ्यको हिसाबले, सबै हिसाबले व्यवस्थित कसरी बनाउने भन्ने विषय पनि एकदम गम्भीर रूपमा उठेको छ । त्यसलाई पनि व्यवस्थापन गर्न सरकार एकदम गम्भीर छ भनेर उहाँले भन्नुभएको छ । अब बालबालिकाहरूलाई चाहिँ काठमाडौंमै ल्याएर राख्ने भन्ने प्रधानमन्त्रीज्यूले भर्खरै मेरै अगाडि भन्नुभएको छ। त्यो भएको हुनाले हामी डेडिकेटेड भएरै लागिरहेका छौँ । अब केही समय हाम्रो विजिताको के रे, हाम्रो जुन किसिमको प्रिपेयर्डनेस हुनुपर्ने हो, त्यो प्रिपेयर्डनेस नभएर पनि यो फेरि ठूलो किसिमको डिजास्टर आएको छ । त्यसले गर्दा पनि ल्याप्सहरू त भएकै छन् । होइन र ? त्यो ल्याप्सलाई करेक्सन गरेर अब सबैले यसलाई एकताबद्ध भएर समाधानतिर कसरी लैजाने भन्ने विषयमा हामी पनि लाग्नुपर्छ ।’

विपद्को पूर्वतयारीमा कमजोरी भएको स्वीकार गर्दै उहाँले विपद्को यो घडीमा सरकार गम्भीर हुनुपर्ने र सबैले जिम्मेवार भएर सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

Previous Post

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र प्रधानमन्त्रीबीच भेटवार्ताः विपद् व्यवस्थापन र पूर्वाधार पुनःनिर्माणबारे सुझाव पेश

Next Post

रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In