• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विपद् व्यवस्थापन र उद्धार कार्यमा सरकारको कमजोरीप्रति संसदीय समितिको चिन्ता

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भदौ, २०८३
A A
विपद् व्यवस्थापन र उद्धार कार्यमा सरकारको कमजोरीप्रति संसदीय समितिको चिन्ता
0
SHARES
0
VIEWS

सांसदहरूले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीवार बसेको बैठकमा सहभागी विभिन्न दलका सांसदहरूले विपद्को समयमा सरकारले पर्याप्त संवेदनशीलता र प्राविधिक दक्षता देखाउन नसकेको भन्दै आलोचना गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले सुरुङमा जमेको लेदो निकाल्ने प्रविधि र विज्ञ संसारमा छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाएका छन् । उनले थाइल्यान्ड, चीन, भारत र भियतनामजस्ता देशहरूले जटिल सुरुङ तथा खानी दुर्घटनामा सफल उद्धार गरेका उदाहरण प्रस्तुत गर्दै नेपालले समयमै अन्तर्राष्ट्रिय विज्ञ र प्रविधि भित्र्याउन पहल नगरेको आरोप लगाए । समयमै सही कदम चाल्न सकेको भए सुरुङमा फसेकाहरूको जीवितै उद्धार हुनसक्ने सम्भावना रहेको उनको तर्क छ ।

नेकपा (एमाले) की राष्ट्रिय सभा मुख्य सचेतक रोशनी मेचेले राहत वितरणमा सरकारले अवरोध सिर्जना गरेको र स्थानीय तहसँग आवश्यक समन्वय नगरेको बताएकी छन् । उनले महिला, बालबालिका, सुत्केरी र ज्येष्ठ नागरिकको आवश्यकताका आधारमा राहत प्याकेज पुर्‍याउन तथा समितिको तर्फबाट स्थलगत अनुगमन गर्नुपर्नेमा जोड दिइन् ।

नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले नागरिकहरू आतङ्कित अवस्थामा रहेको र सरकारले जनस्तरबाट संकलित राहत वितरणमा समेत प्रतिबन्ध लगाएजस्तो देखिएको टिप्पणी गरिन् । उनले समयमै प्राविधिक विज्ञहरू नबोलाउँदा मानवीय क्षति बढेको बताइन् ।

नेपाली काँग्रेसका सांसद ललितजङ्ग शाहीले घटना भएको नौ दिन बितिसक्दा पनि हराइरहेकाहरूको स्थिति पत्ता नलाग्नु दुःखद् भएको बताए । उनले हजारौँ मानिस बेपत्ता रहेको र अब उनीहरू जीवितै भेटिने सम्भावना न्यून हुँदै गएकाले महामारी फैलिन नदिन शवहरूको खोजी तथा व्यवस्थापनमा तीव्रता दिन माग गरे ।

काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठले अफवाहहरूलाई चिर्दै यथार्थ विवरण संकलन गर्न समितिको तर्फबाट एउटा उपसमिति बनाउनुपर्ने सुझाव दिए । उनले प्रभावकारी राहत दिन नसकिने अवस्थामा पीडितको घाउमा नुनचुक छर्कने गरी केवल अवलोकनका लागि मात्र स्थलगत भ्रमण नगर्नसमेत सचेत गराए ।

नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बाढी र हिमपहिरोको स्वरूप बदलिएको उल्लेख गरे । उनले विगतमा गोताखोरका लागि बंगलादेशको भर पर्नुपर्ने अवस्था अन्त्य भए पनि नागरिकस्तरमा विपद्सम्बन्धी चेतनाको अझै अभाव रहेको औंल्याए । बाढी आउँदा भाग्ने सही तरिका र सरकारी चेतावनीलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण क्षति बढेको उनको भनाइ छ ।

समितिको बैठकमा सांसदहरूले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग, विज्ञहरूको परिचालन र स्थानीय निकायसँग बलियो समन्वयको आवश्यकता रहेकोमा एकमत व्यक्त गरेका छन् ।

Previous Post

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्थाबारे सरकारले बताइदिनुपर्‍योः सांसद बोहरा

Next Post

‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ?

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav