माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका मेकानिकल फोरम्यान सञ्जय साहको आज सकुशल उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।
शुक्रबार बिहान सुरुङबाट उद्धार गरिएका साहलाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको हो । लामो प्रयासपछि उनलाई सुरुङबाट जीवितै उद्धार गरिएको हो ।
साह सोही आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण उनी सुरुङभित्र फसेका थिए ।
बाढीका कारण हालसम्म १ हजार २ सय जनाको निधन भएको छ भने २ हजार २ सयभन्दा बढी नागरिक अझै बेपत्ता छन् ।





