काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको १२औँ दिन आइतबार पनि प्रभावित जलविद्युत् आयोजनाहरूमा उद्धार तथा खोजी कार्य जारी छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार २२ मेगावाटको चिलिमे, ३७ मेगावाटको त्रिशूली–३ ‘बी’, १११ मेगावाटको रसुवागढी र २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा उद्धारको प्रयास भइरहेको छ।
चिलिमे जलविद्युत् आयोजनाको कन्ट्रोल रुममा ६ जना फसेको आशंकामा उद्धार टोली परिचालन गरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठले जानकारी दिए।
यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा स्काभेटर प्रयोग गरी खोजी कार्य भइरहेको छ। रसुवागढी आयोजनामा भने उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। कन्ट्रोल रुममा कार्यरत कर्मचारी जीवितै रहेको हुन सक्ने आशंकामा उद्धार प्रयास जारी राखिएको प्राधिकरणले जनाएको छ।
