२१ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी मृत्यु भएकामध्ये २४४ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा ल्याइएका शवमध्ये १६१ वटाको अस्थायी व्यवस्थापन गरिएको छ। पहिचान खुलेका २४ शव भने आवश्यक प्रक्रिया पूरा गरी परिवार तथा आफन्तको जिम्मा लगाइसकिएको उनले जानकारी दिए।
अहिले पनि ५९ शव अस्पतालमै राखिएका छन्। तीमध्ये केहीको पोस्टमार्टम प्रक्रिया पूरा हुन बाँकी रहेकाले आवश्यक कानुनी तथा चिकित्सकीय प्रक्रिया सकेपछि व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।
