काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
खड्कासँग शनिबार तथा कोइरालासँग आइतबार भेट भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन्। पार्टीका आन्तरिक विषय तथा पछिल्ला राजनीतिक परिस्थितिबारे दुवै नेतासँग छलफल भएको बताइएको छ।
कांग्रेसको आज बस्ने कार्यसम्पादन समिति बैठकमा आगामी महाधिवेशन, बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणलगायतका विषयमा छलफल हुने तयारी छ। सभापति थापाले खड्का र कोइरालासँग भएका छलफलका विषय बैठकमा जानकारी गराउने बताइएको छ।
यसैबीच, कांग्रेसले केन्द्रीय महाधिवेशनको प्रस्तावित मिति यथावत् राख्दै वडा तहको अधिवेशन भने करिब एक साता पछाडि सार्ने तयारी गरेको छ।
