काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजारमा बाढीले पुरिएको घरबाट प्रहरीले एक पुरुषको शव फेला पारेको छ ।
भोटेकोशी विपद्को १२औँ दिन फेला परेको शव करिब ४५ वर्षीय राजेश जोशीको रहेको पुष्टि भएको नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताएका छन् ।
उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार मृतकको दायाँ हातको नाडीमा उनकी पत्नी दीपिकाको नामको ट्याटु भेटिएपछि पहिचान खुलेको हो ।
विदुरबाट त्रिशूली नदी पारिको क्षेत्रमा डीएसपी हिरेन्द्र रोकायाको नेतृत्वमा सुरक्षा टोलीले खोज तथा उद्धार जारी राखेको छ ।
यसैबीच, जोशी परिवारका एकै घरका पाँच सदस्य बाढीपछि सम्पर्कविहीन भएका थिए । सोही क्षेत्रमा घरभित्र मृत अवस्थामा भेटिएकी सरिता जोशीको समेत पहिचान खुलेको एसपी रेग्मीले जानकारी दिएका छन् ।
