• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिनुस्ः अर्जुननरसिंह केसी

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२१ भदौ, २०८३
A A
‘पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिनुस्ः अर्जुननरसिंह केसी
0
SHARES
0
VIEWS

नेपाली कांँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले भोटेकोशीबाढीबाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई राहत र पुनर्निर्माणमा प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उहाँले विपद् व्यवस्थापनमा सरकारको कार्यशैली र समन्वयको अभावप्रति टिप्पणी गरेका छन् । नेता केसीले नुवाकोट, रसुवा र धादिङ लगायतका क्षेत्रमा भएको विनाशलाई ‘हिमाली सुनामी’को संज्ञा दिएका छन् । विपद्का समयमा पूर्वसूचना प्रणाली प्रभावकारी हुन नसकेकोमा गुनासो गर्दै नेता केसीले सरकारमा ‘नार्सिसिस्ट साइकोलोजी’ (अहंकारी प्रवृत्ति) हाबी भएको आरोप लगाएका छन् । नेपालका २ हजार ३ सय तालतलैयामध्ये २१ वटा हिमताल अत्यन्त जोखिमपूर्ण रहेको र तीमध्ये ४–५ वटा विष्फोटको उच्च खतरामा रहेको बताएका छन् । यसबारे आफूले डेढ महिनाअघि नै संसद्मा ध्यानाकर्षण गराएको स्मरण गराएका छन् । राज्यले यस्ता जोखिमहरूको वैज्ञानिक आकलन गरी पूर्वतयारी गर्न नसकेको उहाँको भनाइ छ । नेता केसीले विपद् व्यवस्थापनका लागि ‘रेस्क्यु’ (उद्धार), ‘रिलिफ’ (राहत) र ‘रिह्याबिलिटेसन’ (पुनस्र्थापना) गरी तीनवटा पक्षमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । विशेषगरी रसुवा र नुवाकोटका धेरै क्षेत्रहरू सम्पर्कविहीन रहेको उल्लेख गर्दै उहाँले स्थानीय तह, समुदाय र सरकारबीच एकीकृत समन्वयको खाँचो औँल्याएका छन् । उहाँले आगामी दिनमा ‘स्टेकहोल्डर भिक्टिम ड्रिभन’ (पीडितकेन्द्रित) पुनर्निर्माणको मोडल अपनाउन पार्टी र सरकारलाई सुझाव दिएका छन् ।

नेता केसीले भन्नुभएको छ, ‘हामी आफैँ सक्षम छौँ, विदेशी सहयोग चाहिँदैन भन्ने हिसावले सरकार प्रश्तुत भयो । विदेशी प्राविधिकहरू सहयोगका लागि तयार हुँदाहुँदै पनि सरकारले अस्वीकार गर्नु र संसद्मा प्रधानमन्त्रीले फरक धारणा राख्नुले उद्धार कार्यमा कमजोरी देखिएको छ । अब आगामी दिनमा ‘स्टेकहोल्डर भिक्टिम ड्रिभन’ पुनर्निर्माणको मोडल अपनाउनुपर्छ ।’

विपद्को घडीमा राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा जोड दिँदै उहाँले सरकारले अविलम्ब सर्वदलीय बैठक बोलाउनुपर्ने बताएका छन् । साथै, संसद्को तर्फबाट अनुगमन, सुपरिवेक्षण र समन्वय गर्न एक ‘उच्चस्तरीय संसदीय समिति’ गठनको माग समेत गरेका छन् ।

Previous Post

विपद् व्यवस्थापन र पुनःस्थापनामा सरकार गम्भीर बनोस्ः सांसद आचार्य

Next Post

भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav