• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२१ भाद्र २०८३, आईतवार
A A
‘पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिनुस्ः अर्जुननरसिंह केसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण नुवाकोट, रसुवा, धादिङ र चितवनमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता लामाले विपद्ग्रस्त क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत र पुनस्र्थापनाका कार्य अगाडि बढाउन सरकार र पार्टीको ध्यानाकर्षण गराएका छन् । नेता लामाकाअनुसार प्राकृतिक विपत्तिका कारण ठूलो संख्यामा मानवीय क्षति भएको छ भने धेरै मानिस अझै बेपत्ता छन् । बाढीले गोसाइँकुण्ड र मानसरोवर जाने तीर्थयात्री, भन्सारका कर्मचारी, सवारी चालक तथा जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरूलाई प्रत्यक्ष असर पु¥याएको छ । विपद्का कारण ४१ वटा पुलहरू बगेकाले सो क्षेत्रको सडक सञ्जाल (कनेक्टिभिटी) पूर्ण रूपमा विच्छेद भएको लामाले जानकारी दिएका छन् । बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पु¥याउनुका साथै कतिपय मानिसहरू सुरुङभित्रै फसिरहेको र घरबासविहीन भएको उहाँले उल्लेख गर्नुभएको छ । उद्धार कार्यमा राज्यको संयन्त्र कमजोर देखिएको भन्दै लामाले आवश्यक उपकरण (इक्विपमेन्ट) को अभावले समस्या थपिएको बताएका छन् । सेना र सशस्त्र प्रहरीसँग पर्याप्त उपकरण नभएका कारण उद्धारमा ढिलाइ भएको उहाँको भनाइ छ । यद्यपि, निजी क्षेत्रबाट तीनवटा एक्साभेटर उपलब्ध गराई दुई जनाको जीवितै उद्धार गरिएको र बाँकीको खोजी भइरहेको उहाँले जानकारी दिएका छन् । तत्कालको समस्या समाधानका लागि प्रदेश सरकारसँगको समन्वयमा पाँचवटा तुइनको व्यवस्था गरिएको र देवीघाटमा ५५ मिटरको बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताएका छन् । साथै, निर्माण व्यवसायी महासंघले एक करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएको र त्रिशूलीमा झोलुङ्गे पुल निर्माणको काम शुरु भइसकेको पनि उहाँले उल्लेख गरेका छन् । नेता लामाले हालसम्म क्षतिको वास्तविक तथ्यांक संकलन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । बाढीका कारण त्रिशूली हाइस्कुलसहित ८–९ वटा विद्यालय विस्थापित भएकाले विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर परेको उहाँले बताएका छन् । विस्थापितहरूलाई होल्डिङ सेन्टरमा राख्दा उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै सुरक्षित र व्यवस्थित पुनस्र्थापनाको माग गरेका छन् ।

उहाँले भन्नुभएको छ, ‘पहिले २७ मिनेटमा पुगिने ठाउँमा अहिले ११ घण्टा लाग्ने अवस्था छ । धादिङको फोस्रेटार जोड्ने एउटा पुलबाहेक अन्य सबै संरचना ध्वस्त भएका छन् । अभिभावक गुमाएका टुहुरा बालबालिका र विस्थापित परिवारको सही तथ्यांक संकलन गरी उनीहरूको व्यवस्थापन गर्नु आजको मुख्य चुनौती हो ।’

उहाँले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएका छन् । सडक विभाग, सेना र प्रशासनका सबै विङ्सहरूलाई चलायमान बनाउनुपर्ने र आगामी दिनमा यस्ता विपद्को सामना गर्न आवश्यक उपकरणहरू पहिले नै खरिद गरी राख्नुपर्ने उहाँको सुझाव छ ।

Previous Post

‘पीडितकेन्द्रित पुनर्निर्माण’ मा ध्यान दिनुस्ः अर्जुननरसिंह केसी

Next Post

बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In