• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश बागमती प्रदेश

रसुवा बाढी अपडेटः मृतकको संख्या १,३५५ पुग्यो, करिव ५ हजार अझै बेपत्ता

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२२ भाद्र २०८३, सोमबार
A A
रसुवा बाढी अपडेटः मृतकको संख्या १,३५५ पुग्यो, करिव ५ हजार अझै बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र आसपासका जिल्लामा आएको विनाशकारी बाढीको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको हो ।

२०८३ भदौ २२ गते बिहान ११ बजेसम्मको तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म १ हजार ३ सय ५५ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणकाअनुसार बाढीमा परी निधन भएकामध्ये सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेका छन् । जहाँ ३ सय ६३ जनाको शव फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।

हालसम्म ४ हजार ९ सय ९६ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन् । जसमा रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, सुरक्षाकर्मी तथा कर्मचारी करिव १ सय र ५ सय ८९ जना विदेशी नागरिक रहेका छन् । प्राधिकरणकाअनुसार सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका र सनाखत हुन बाँकी रहेका व्यक्तिहरू समेत पर्नसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको छ ।

उद्धार कार्यमा हालसम्म १३ हजार ३ सय ९६ जनालाई सुरक्षित स्थानमा पु¥याइएको छ । बाढीमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ, जसमध्ये २ सय २८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ३ सय २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको उपचारमा नेपाली सेनाले ३ हजार ३ सय ७९ र सशस्त्र प्रहरीले २ हजार ९ सय ७० जनालाई सेवा प्रदान गरेका छन् ।

रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा हाल ३ हजार ५ सय ३३ जना आश्रित रहेका छन् । खोज तथा उद्धारका लागि कुल २१ हजार ४ सय २ जना सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन् । जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । भदौ २१ गते मात्रै रसुवामा हेलिकप्टर र ट्रक मार्फत खाद्यान्न, जेनेरेटर, हाइजिन किट र विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्री ढुवानी गरिएको छ । स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा १ सय ५० जना स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै २९ जना मनोसामाजिक परामर्शदाता पनि खटाएको छ ।

उद्धार र राहतका लागि हालसम्म नेपाली सेनाबाट १ हजार १ सय ५७ पटक र सशस्त्र प्रहरीबाट १ सय ९३ पटक उडानहरू भएका छन् । निजी क्षेत्रका हेलिकप्टरहरूले पनि १ सय २९ पटक उडान भरेका छन् । विद्युत र सञ्चार सेवातर्फ धादिङमा ९९।८ प्रतिशत, नुवाकोटमा ९६।७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत आपूर्ति सुचारु भएको छ । यस्तै, नेपाल टेलिकमका १२० मध्ये ११७ र एनसेलका ७८ मध्ये ७६ टावरहरू सञ्चालनमा आइसकेका छन् ।

सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रभावित १५ वटा पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ भने ४५७ वटा ग्यास सिलिन्डर अनुदानका रूपमा पठाइएको छ ।

बेपत्ता, घाइते र उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक फेसबुक पेज र वेबसाइटमा अध्यावधिक गरिएको प्राधिकरणले जनाएको छ ।

–न्युज एजेन्सी नेपाल

Previous Post

विपत्तिको सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन नेता निधीको आग्रह

Next Post

त्रिशुली–३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In