• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

हेटौंडामा तौलपुल सञ्चालन

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२२ भदौ, २०८३
A A
हेटौंडामा तौलपुल सञ्चालन
0
SHARES
0
VIEWS

सात वर्षपछि वागमती प्रदेशको राजधानी हेटौँडामा सोमवारदेखि तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा आएको छ ।

नारायणी यातायात व्यवसायी संघले हेटौँडा–११, थानाभ¥याङमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहमतिमा मालवाहक सवारीसाधनको तौल परीक्षण गर्ने तौलपुल पुनः सञ्चालनमा ल्याएको हो । २०७७ सालदेखि बन्द रहेको तौलपुल सोमवार नारायणी यातायात व्यवसायी संघका अध्यक्ष सरोज खनाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईं, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी प्रमुख रमेश विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थितिमा पुनः सञ्चालन गरिएको हो ।

विशेषगरी पृथ्वी राजमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथमा ओभरलोड नियन्त्रण गर्ने उद्देश्यले तौलपुल सञ्चालनमा ल्याइएको संघले जनाएको छ । क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनका कारण त्रिभुवन राजपथमा थप जोखिम उत्पन्न हुनसक्ने नारायणी संघका अध्यक्ष सरोज खनालले बताए ।

हाल मुलुकका विभिन्न स्थानमा प्राकृतिक विपद्का कारण यातायात संरचना प्रभावित भइरहेका बेला त्रिभुवन राजपथको महत्व बढिरहेको उल्लेख गर्दै उनले यसको संरक्षण र सुरक्षित सञ्चालनमा ध्यान दिनुपर्ने बताए । तौलपुल सञ्चालनसँगै विपद्को समयमा राजधानीसँग जोड्ने ‘लाइफलाइन’का रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथको संरक्षण तथा दीर्घकालीन स्थायित्वमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । तौलपुलबाट सवारीसाधनको वास्तविक भार परीक्षण हुने र तोकिएको क्षमताभन्दा बढी मालसामान बोकेका सवारीसाधनलाई नियन्त्रण गर्न सहयोग पुग्ने अध्यक्ष खनालले बताए ।

त्यसैगरी, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईंले विपद्को अवस्थामा त्रिभुवन राजपथमा ओभरलोड नियन्त्रण गर्न तौलपुल पुनः सञ्चालन गरिएको बताए । उनका अनुसार तौलपुल नेपाल सरकारबाट जारी भएको २०७४ सालको धर्मकाँटा नियमावलीअनुसार सञ्चालन गरिएको हो । विपद्को परिस्थितिमा काठमाडौँ जोड्ने महत्वपूर्ण वैकल्पिक राजमार्गका रूपमा त्रिभुवन राजपथ प्रयोग भइरहेकाले सडकमा ओभरलोड नजाओस् र यातायात सञ्चालन सहज रहोस् भन्ने उद्देश्यले तौल परीक्षणको व्यवस्था गरिएको उनले बताए ।

त्रिभुवन राजपथ भएर सञ्चालन हुने मालवाहक सवारीसाधनका लागि भार सीमा पनि निर्धारण गरिएको छ । १२ चक्के र १० चक्के सवारीसाधनले अधिकतम १५ टनसम्म मात्रै भार बोक्न पाउनेछन् । त्यस्तै, ६ चक्के तथा ४ चक्के सवारीसाधनले आफ्नो बिलबुकमा तोकिएको क्षमताअनुसार मात्रै मालसामान बोक्नुपर्ने व्यवस्था गरिएको छ ।

Previous Post

जलविद्युत आयोजनाको टनेलभित्र १ सय २१ जना मात्रै फसेको देखिन्छः नेपाली सेना

Next Post

रसुवा बाढीका बेपत्ताको पहिचानमा कठिनाइः शिक्षण अस्पतालमा तस्बिर हेर्दै पर्खिंदै आफन्त

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav