• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

केरुङ नाकामा गएको पहिरोपछि उद्धार कार्य तिब्रः विदेशी सञ्चारकर्मीद्वारा स्थलगत अवलोकन

रिजन ढकाल by रिजन ढकाल
२३ भाद्र २०८३, मंगलवार
A A
केरुङ नाकामा गएको पहिरोपछि उद्धार कार्य तिब्रः विदेशी सञ्चारकर्मीद्वारा स्थलगत अवलोकन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीन–नेपाल सीमास्थित केरुङ (गिइरोङ) नाकामा गत अगस्ट २६ मा गएको विनाशकारी पहिरोपछिको अवस्था र जारी उद्धार कार्यको वस्तुस्थिति बुझ्न विदेशी सञ्चारकर्मीहरूको टोलीले सो क्षेत्रको भ्रमण गरेको छ । उच्च हिमाली क्षेत्रमा हिमनदी (ग्लेसियर) भत्किएका कारण आएको उक्त पहिरोले सीमा क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । यस प्राकृतिक विपद्मा परी ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेहरूमा २३ विभिन्न देशका २६१ विदेशी नागरिक समेत रहेका छन् । उद्धार कार्यको विवरण दिँदै सिजाङ (तिब्बत) जनसरकारका कार्यकारी उपाध्यक्ष रेन वेईले चीनले उद्धारका लागि व्यापक जनशक्ति र प्रविधि परिचालन गरेको जानकारी बताएकाछन् । उहाँकाअनुसार हालसम्म २ हजार ५ सय भन्दा बढी उद्धारकर्मी, ५ सय भन्दा बढी सवारी साधन र ९ हजार भन्दा बढी आधुनिक उद्धार उपकरणहरू प्रयोग गरिएका छन् । उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोनमार्फत १ हजार भन्दा बढी उडानहरू गरिएका छन् भने प्रभावित क्षेत्रमा ५.४३ टन राहत सामग्री हवाई मार्गबाट खसालिएको छ । थप पहिरो र जोखिमको सम्भावनालाई मध्यनजर गर्दै ढिस्को र खोँचहरूको चौबीसै घण्टा प्राविधिक निगरानी भइरहेको छ । नाका बन्द भएका कारण अलपत्र परेका १ हजार ७ सय २० नेपाली सीमावर्ती बासिन्दाहरूलाई स्थानीय चिनियाँ अधिकारीहरूले आवश्यक सहयोग उपलब्ध गराएका छन् । साथै, केरुङ नाका भएर अन्यत्र जान लागेका ३ हजार ३ सय ८८ विदेशी नागरिकलाई वैकल्पिक मार्गमार्फत गन्तव्यतर्फ पठाइएको छ ।

विपद व्यवस्थापनमा दुई देशबीचको सहकार्यलाई पनि प्राथमिकता दिइएको छ । चीनले नेपाललाई मौसम, जलविज्ञान र हिमनदीसम्बन्धी तथ्याङ्कहरू नियमित रूपमा उपलब्ध गराइरहेको छ । नेपाल सरकारको अनुरोधमा चीनले सुरुङ उद्धार विशेषज्ञ, डीएनए परीक्षण विज्ञ र अन्य प्राविधिक टोलीसहित आपत्कालीन राहत सामग्री नेपाल पठाएको कार्यकारी उपाध्यक्ष वेईले बताएकाछन् ।

Previous Post

दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी

Next Post

ज्वालामुखी विस्फोटका कारण इण्डोनेसियामा चार विमानस्थलको उडान निलम्बन अवधि थप

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In