काठमाडौं । केडिया ग्रुपको आयोजनामा भइरहेको एक्सट्रिम इनर्जी डिंक्स नेपाल भलिबल लिग (एनभिएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलित ५ लाख ९० हजार १ सय ५० रुपैयाँ बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ ।
आयोजकले टिकट बिक्रीबाट प्राप्त रकम बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा हस्तान्तरण गरेको जनाएको छ।
