एजेन्सी । इजरायलले मृत सागरको पिँधमा पूर्ण रूपमा भूकम्प विज्ञान ९सिस्मोलजी० अध्ययनका लागि समर्पित ५५ किलोमिटर लामो अत्याधुनिक फाइबर–अप्टिक केबल बिछ्याएको छ । इजरायलको राष्ट्रिय अनुसन्धान संस्था ‘जियोलोजिकल सर्भे अफ इजरायल’ ले मंगलवार एक औपचारिक वक्तव्य जारी गर्दै यस नौलो वैज्ञानिक उपलब्धिका बारेमा जानकारी दिएको हो ।
यो ५५ किलोमिटर लामो विशेष केबल गत जुलाई महिनामा नयाँ भूकम्पीय अनुगमन परियोजनाको अभिन्न अङ्गको रूपमा सिधै समुन्द्रको पिँध ९कभबदभम० मा राखिएको थियो । अनुसन्धानकर्ताहरूले भूकम्पीय तरङ्ग र कम्पनको अधिकतम संवेदनशीलता हासिल गर्न यसलाई मृत सागरको उत्तरी बेसिनमा बाङ्गो–टिङ्गो अर्थात ‘जिग–ज्याग’ ढाँचामा जडान गरेका छन् ।
यस परियोजनामा अत्याधुनिक ‘वितरित ध्वनिक सेन्सिङ’ प्रविधि प्रयोग गरिएको छ । यस प्रविधिमा अप्टिकल फाइबरभित्र लेजर प्रकाशका किरणहरू पठाइन्छ र जमिनको कम्पनका कारण प्रकाशको परावर्तनमा आउने सूक्ष्म विचलनलाई मापन गरिन्छ । यसरी सम्पूर्ण ५५ किलोमिटर लामो केबल प्रभावकारी रूपमा हजारौं भूकम्प मापन यन्त्र (सिस्मोमिटर) हरूको एउटा विशाल सञ्जालमा रूपान्तरण हुन्छ, जसले अति नै सूक्ष्म कम्पन र हलचललाई समेत तत्कालै अभिलेखीकरण गर्न सक्छ ।
यस महत्वाकांक्षी परियोजनाको प्रमुख लक्ष्य वैज्ञानिकहरूलाई ‘डेड सी ट्रान्सफर्म’ भनिने यस क्षेत्रको मुख्य भूकम्पीय दरारबारे गहिरो र तथ्यपरक बुझाइ हासिल गराउनु हो । अफ्रिकी प्लेट र अरेबियन प्लेटको सीमाना मानिने यो त्यस्तो भौगर्भिक प्रणाली हो, जहाँ विगतका शताब्दीहरूमा अत्यन्त शक्तिशाली र विनाशकारी भूकम्पहरू उत्पन्न भइसकेका छन् ।
संस्थाको वक्तव्यअनुसार अनुसन्धानकर्ताहरूले यो नयाँ प्रणाली प्रयोग गरेर समुद्रन्मुनि निरन्तर भइरहने सानातिना भूकम्पका धक्काहरू पहिचान गर्नेछन् । साथै, मृत सागरको पिँधमुनि हालसम्म मानव आँखा र परम्परागत यन्त्रहरूले देख्न नसकेका अज्ञात तर सक्रिय भूकम्पीय दरारहरूको विस्तृत नक्साङ्कन समेत गरिनेछ । यसबाट आगामी दिनमा यस क्षेत्रमा हुनसक्ने ठूला भूकम्पको पूर्व–आँकलन र पूर्वतयारीमा अभूतपूर्व सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
