• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

सरकारमाथि महेश बस्नेतको आरोप–‘राज्यको सामर्थ्य कब्जा गरेर निश्चित मान्छेलाई बचाउने खेल भयो’

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भाद्र २०८३, बुधबार
A A
सरकारमाथि महेश बस्नेतको आरोप–‘राज्यको सामर्थ्य कब्जा गरेर निश्चित मान्छेलाई बचाउने खेल भयो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यको स्रोत, साधन र सामर्थ्यलाई नियन्त्रणमा लिएर जेन–जी आन्दोलनका निश्चित मानिसहरूलाई बचाउने खेल भएको दाबी गरेका छन् ।

बुधवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएका छन् । आफूहरूले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध दिएका जाहेरी तथा पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्तिमाथि समेत कारबाही नभएको भन्दै प्रहरी प्रशासनमाथि प्रश्न उठाएका छन् । उनले कारबाही नहुनुले प्रहरीसमेत घटनामा संलग्न रहेको आशंका पैदा भएको दाबी गरेका छन् ।

बस्नेतले जेन–जी प्रदर्शन घटनामा प्रहरी संरचनासमेत ठूलो क्षतिमा परेको उल्लेख गर्दै प्रहरी चौकी, अदालत, सवारीसाधन तथा हतियारमा ठूलो क्षति भएको बताएका छन् । उनले यस्तो अवस्थामा पनि दोषीमाथि कारबाही हुन नसक्नु गम्भीर विषय भएको बताएका छन् । उनले जेन–जी घटनाको छानबिनका लागि गठन भएको कार्की आयोगको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन् । सिंहदरबार, संसद तथा सर्वोच्च अदालतलगायतका संरचनामा भएको आगजनी र हिंसाबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

बस्नेतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी १३ दिनसम्म राखिएको प्रसंग उठाउँदै त्यसबाट के अभियोग स्थापित भयो भन्ने प्रश्नसमेत गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र साह, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका व्यक्तिमाथि पनि घटनाको गम्भीर छानबिन भए कारबाहीको आधार भेटिन सक्ने दाबी गरेका छन् ।

उनले बताएका छन्, ‘जेन–जी आन्दोलनका क्रममा गोली चलाउने पनि तिमीहरू नै हौ, सिंहदरबार, संसद् र सर्वोच्च अदालत जलाउने पनि तिमीहरू नै हौ भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ। तर यी घटनाको निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ । कार्की आयोगको रिपोर्टका आधारमा बालेनको सरकार बनेको २४ घण्टा नबित्दै बिहान ३ बजे केपी ओलीलाई गिरफ्तार गरियो । त्यसपछि रमेश लेखकलाई पनि गिरफ्तार गरियो। १३ दिनसम्म हिरासतमा राख्दा पनि उनीहरूमाथि के अभियोग लगाउन सकियो ? त्यसको जवाफ सरकारले दिनुपर्छ । जेन–जी आन्दोलनका क्रममा भएका हत्या, हिंसा र आगजनीको गम्भीर छानबिन हुने हो भने बालेन, सुदन र रविसहित जिम्मेवार देखिएका सबैमाथि कानूनी कारबाही हुनुपर्छ । हामीसँग आवश्यक आधार र प्रमाणहरू सुरक्षित छन् । त्यसैले कसैलाई राजनीतिक संरक्षण दिइनु हुँदैन । प्रत्येक घटनाको एक–एक हिसावकिताव हुनुपर्छ ।’

बस्नेतले वर्तमान सरकारलाई ‘असक्षम, अयोग्य र कठपुतली सरकार’को संज्ञा दिएका छन् । विदेशी शक्तिको प्रभावमा सरकार चलेको आरोप लगाउँदै उनले सरकार जति लामो समय रहन्छ, मुलुकलाई त्यति नै क्षति हुने दाबी गरेका छन् । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारमा समेत सरकार असफल भएको आरोप लगाएका छन् ।

उनले विपद्को समयमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको भने प्रशंसा गरेका छन् । तर, सुरक्षा निकायको नेतृत्व र समग्र संस्थामाथि गम्भीर प्रश्न उठेको बताएका छन् । बस्नेतले रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर पर्याप्त रूपमा प्रयोग हुन नसकेको आरोप लगाएका छन् । पीडितहरूले रकम तिरेर समेत हेलिकप्टरमार्फत उद्धार गर्न खोज्दा अनुमति नदिइएको दाबी गरेका छन् ।

Previous Post

बोस्निया र हर्जेगोभिनामा प्रमुख राजमार्गअन्तर्गत क्वान्ज सुरुङ छिचोलियो

Next Post

अर्जेन्टिनामा समुद्र गायब भएको होइन, अस्वाभाविक रूपमा पछाडि हटेको हो

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In