• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भाद्र २०८३, बुधबार
A A
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सातदोबाटोमा निर्माण गरिएको जेन–जी शहीद पार्कको शालिक अनावरण कार्यक्रम शहीदका आफन्तले रोकिदिएका छन्।

शालिकको अनुहार शहीदको वास्तविक अनुहारसँग नमिलेको भन्दै आफन्तहरूले अनावरण गर्न असहमति जनाएपछि उद्घाटनका लागि पुगेका गृहमन्त्री सुदन गुरुङ त्यत्तिकै फर्किएका छन्।

शहीदका आफन्तले शालिक निर्माणमा लापरबाही गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। आफूहरूलाई कार्यक्रमबारे अन्तिम समयमा मात्रै जानकारी दिइएको र शालिकसमेत चित्तबुझ्दो नबनाइएको उनीहरूको आरोप छ।

एक आफन्तले भने, ‘अब यस्तो लापरबाही त नगर्नुस्। बितेर गइसक्नुभयो, शहीद हुनुभयो। सधैँका लागि बस्ने कुरा हो। लापरबाही गरेर हुँदैन। आज उद्घाटन हो भनेर हिजो दिउँसो ३–४ बजे बल्ल थाहा भयो। नत्र यसअघि हामीलाई केही पनि जानकारी थिएन।’

शालिक निर्माण सम्पन्न भएकोबारे आफूहरूलाई जानकारी नै नभएको र उद्घाटन कार्यक्रमबारे समेत अघिल्लो दिन दिउँसो मात्रै थाहा पाएको उनले बताए।

शालिकको अनुहार नमिलेको भन्दै आफन्तहरूले तत्काल अनावरण गर्न नदिने अडान लिए। परिवारको सहमति नलिई कार्यक्रम अघि बढाउन खोजिएको भन्दै उनीहरूले आपत्तिसमेत जनाए।

कार्यक्रमस्थलमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पनि शालिकको अनुहार पूर्ण रूपमा तयार नभएसम्म अनावरण गर्न नहुने बताए।

खरेलका अनुसार सातदोबाटोमा जेन–जी पार्क निर्माणको अवधारणा तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारकै पालामा अघि बढाइएको थियो। आफू त्यतिबेला सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रहेको र तत्कालीन युवा तथा खेलकुदमन्त्री बबलु गुप्ताको सक्रियतामा पार्क निर्माणको काम अघि बढाइएको उनले बताए।

करिब अढाई महिनामा पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्वाचनका कारण काम केही समय थाती रहेको उनले बताए।

उनले भने, ‘यसको अवधारणा, सोच र काम सबै अन्तरिम सरकारकै पालामा हाम्रै पालामा अगाडि बढाएको हो। अनुहार मिलिसकेको छैन भने अहिले यसलाई उद्घाटन गर्ने, अनावरण गर्ने हतार गर्नु हुँदैन। अनुहार मिलाइसकेपछि परिवारहरूले पनि ठीक छ भनेपछि राम्रोसँग परिपक्व ढङ्गले अनावरण गर्नुपर्छ।’

पार्क निर्माणको काम लगभग सम्पन्न भए पनि फिनिसिङ तथा शालिक निर्माणमा केही काम बाँकी रहेको उनले बताए। शहीदको अनुहार मिलाउने जिम्मेवारी सम्बन्धित निर्माणकर्ताको भएकाले पूर्ण रूपमा तयार भएपछि मात्रै अनावरण गर्नुपर्ने उनको भनाइ छ।

जेन–जी शहीद पार्क बन्ने सुनिश्चित हुनु सकारात्मक पक्ष भएको भन्दै उनले केही समय लिएर पार्क र शालिकलाई गुणस्तरीय ढङ्गले सम्पन्न गर्नुपर्ने बताए।

शहीदका आफन्तले शालिकको स्वरूपप्रति असहमति जनाउँदै अनावरण गर्न नदिएपछि कार्यक्रम स्थगित भएको हो।

— न्युज एजेन्सी नेपाल

Previous Post

चमेलिया र महाकाली नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना एमाले सांसद ठगुन्नाको माग

Next Post

जेन–जी आन्दोलन ‘हाइज्याक’ गरेर सिंहदरबार जलाउने को थियो ?- नेकपा सांसद विक

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In