• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भोटेकोशी बाढी उद्धारमा ढिलाइदेखि ग्यास अभावसम्म, राष्ट्रिय सभामा सरकारको आलोचना

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भदौ, २०८३
A A
भोटेकोशी बाढी उद्धारमा ढिलाइदेखि ग्यास अभावसम्म, राष्ट्रिय सभामा सरकारको आलोचना
0
SHARES
1
VIEWS

काठमाडौं । भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा भएको ढिलाइदेखि बजारमा देखिएको खाना पकाउने ग्यासको अभावसम्मका विषयमा राष्ट्रिय सभाका सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, सुरुङमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी, प्रभावित क्षेत्रमा राहत वितरण, सडक अवरोध, हवाई भाडा वृद्धि, ग्यास अभावलगायतका विषय उठाएका हुन् ।

सांसद कृष्णबहादुर रोकायाले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै विपद्बाट प्रभावित गर्भवती, सुत्केरी, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।

रसुवा, नुवाकोट र धादिङका प्रभावित स्थानीय तहमा ठूलो संख्यामा गर्भवती महिला रहेकाले आकस्मिक प्रसूति सेवासहित स्वास्थ्य सेवा तत्काल विस्तार गर्नुपर्ने उनको भनाइ थियो । सांसद घनश्याम रिजालले विपद्को सुरुवाती चरणमा देखिएको सरकारी तत्परतापछि पछिल्ला दिनमा उद्धार, राहत र पुनःस्थापनाका काममा प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय हुन नसकेको बताए ।

विशेषगरी सुरुङभित्र फसेका तथा हराइरहेका नागरिकको खोजी तथा उद्धारमा भएको ढिलाइप्रति उनले सरकारको ध्यानाकर्षण गराए ।

रिजालले जलवायु परिवर्तनका कारण दोलखाको च्छोरोल्पालगायत हिमताल फुट्ने जोखिम बढिरहेको भन्दै सम्भावित विपद् रोकथामका लागि तत्काल प्राविधिक अध्ययन तथा प्रभावकारी पूर्वसूचना प्रणाली स्थापना गर्न माग गरे ।

त्यस्तै, सांसद पदमबहादुर परियारले कृष्णभीरको पहिरोका कारण पृथ्वी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको भन्दै तत्काल दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरे ।

उनले कृष्णभीरमा देखिएका चिरालाई सामान्य रूपमा नलिई विज्ञ टोलीमार्फत अध्ययन गराउनुपर्ने, पुल, वैकल्पिक सडक तथा पाइलिङलगायतका दीर्घकालीन उपाय अघि बढाउनुपर्ने बताए ।

परियारले विपद्को समयमा हवाई भाडा वृद्धि भएको विषयमा समेत पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद पूजा चौधरीले विपद्का कारण परिवार, आफन्त, घरबार तथा सम्पत्ति गुमाएका रसुवाका नागरिकमाथि सामाजिक सञ्जालमा गालीगलौज तथा अपमानजनक टिप्पणी भइरहेको भन्दै आपत्ति जनाइन् ।

विपद्पीडितलाई थप पीडा दिने गरी सामाजिक सञ्जालमा घृणा तथा अपमानजनक गतिविधि गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन उनले सरकारसँग माग गरिन् ।

यस्तै, सांसद विष्णुकुमारी सापकोटाले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको भन्दै तत्काल आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

कृष्णभीरको सडक अवरोधपछि वैकल्पिक मार्गबाट ग्यास काठमाडौं भित्रिए पनि सहज रूपमा वितरण हुन नसकेको भन्दै उनले आपूर्ति तथा वितरण प्रणालीमाथि प्रश्न उठाइन् ।

उनले तत्काल ग्यासको आपूर्ति बढाउन, वितरण प्रणाली पारदर्शी बनाउन तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारसँग माग गरिन् ।

सांसद विष्णुबहादुर विश्वकर्माले अघिल्लो वर्ष भएको हिंसात्मक घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको छानबिन समिति तथा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेका प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

उनले दुवै प्रतिवेदन लुकाइएको आरोप लगाउँदै पुनः अर्को समिति गठन गरेर दोषीलाई उन्मुक्ति दिने प्रयास नगर्न सरकारलाई आग्रह गरे । दोषीमाथि कडा कारबाही हुनुपर्ने उनको माग थियो ।

सांसद कृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीपछि उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाउन नसकिएको बताए ।

आधुनिक उद्धार सामग्री, उपकरण तथा प्रविधिसहित विशेषज्ञ टोलीलाई सुरुदेखि नै प्रभावकारी रूपमा परिचालन गर्न सके सुरुङमा फसेका धेरै नागरिकलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको उनले बताए ।

उनले त्रिशूली–३ ए, त्रिशूली–३ बी, चिलिमे हाइड्रो तथा रसुवागढी हाइड्रोका सुरुङमा रहेका कर्मचारी, कामदार तथा मजदुर अझै जीवित रहेको आशामा परिवारजनले पर्खिरहेको उल्लेख गर्दै खोज तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग माग गरे ।

पुरिएका घर, भग्नावशेष तथा सार्वजनिक संरचनामा खोजी र उत्खनन तीव्र बनाउन तथा शव व्यवस्थापन र राहत वितरणमा स्थानीय तहसँग प्रभावकारी समन्वय गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय सभाको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका कामलाई तत्काल प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।

उनीहरूले विपद् प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्रबीच समन्वय बढाउँदै खोज तथा उद्धारलाई तीव्रता दिन, राहत वितरणलाई व्यवस्थित बनाउन र सम्भावित थप विपद् रोकथामका लागि दीर्घकालीन योजना अघि बढाउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

–न्युज एजेन्सी नेपाल

Previous Post

रविको सम्बोधन सकिएलगत्तै बैठकबाट बाहिरिए बालेन

Next Post

बाढीपीडितमाथि साइबर बुलिङ गर्नेलाई कारबाही गर्छौँः रवि लामिछाने

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav