• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

कतारमा अन्तर्राष्ट्रिय बाज तथा सिकार प्रदर्शनी

रिजन ढकाल by रिजन ढकाल
२५ भाद्र २०८३, बिहीबार
A A
कतारमा अन्तर्राष्ट्रिय बाज तथा सिकार प्रदर्शनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुनै समय अरबको तातो बालुवामा छाक टार्न र सिकार गर्न बाज पालिन्थ्यो । पुर्खाको त्यो बाध्यता आज समयक्रमसँगै अरब जगतको सबैभन्दा महँगो सौख र प्रतिष्ठाको प्रतीक बनिसकेको छ। तिनै बाजहरूको शाही रवाफ, मरुभूमिको पुरानो विरासत र आधुनिक प्रविधिलाई एउटै छानामुनि जोड्दै कतारको राजधानी दोहामा १० औँ अन्तर्राष्ट्रिय सिकार तथा बाज प्रदर्शनी ‘सहैल २०२६’ सुरु भएको छ।

कतारा कल्चरल भिलेजमा मंगलबारदेखि सुरु भएको यस मेलामा विश्वका १५ मुलुकका १५८ भन्दा बढी कम्पनी र व्यावसायिक फर्महरू सहभागी छन्। आगामी सेप्टेम्बर १२ सम्म चल्ने प्रदर्शनीमा करोडौँ मूल्यका सिकारी बाजहरूदेखि लिएर मरुभूमिमा गुड्ने अत्याधुनिक अफ-रोड गाडी र सिकारका उपकरणहरू प्रदर्शनमा राखिएका छन्।

प्रदर्शनी कक्षभित्र पस्नासाथ काठको स्ट्यान्डमा शानका साथ पखेटा फिँजाएर बसेका विभिन्न प्रजातिका बाजहरू देखिन्छन्, जसको चालढाल र तीक्ष्ण नजरलाई अवलोकनकर्ताहरू निकै चाखपूर्वक नियालिरहेका छन्। त्यहाँबाट केही कदम पर पुग्दा परम्परागत छालाका सामान सिलाउने पुराना कालिगडहरूको सीप र बाजको गति पछ्याउने अत्याधुनिक जीपीएस ट्र्याकिङ प्रविधि एकसाथ देख्न पाइन्छ।

हिजो खाना जुटाउन सिकार गर्ने बाज आज महँगा दौड, सिकार प्रतिस्पर्धा र सौन्दर्य प्रतियोगिताका ‘स्टार’ बनेका छन्। बाजप्रतिको यही लगावले खाडी क्षेत्रमा एउटा छुट्टै र ठूलो आर्थिक बजार जन्माएको छ। प्रदर्शनीमा बाजको स्वास्थ्य जाँच गर्ने विशिष्टीकृत क्लिनिक, कृत्रिम प्रजनन (ब्रिडिङ) फार्मदेखि मरुभूमिको सफारीमा प्रयोग हुने अत्याधुनिक गाडी परिमार्जन गर्नेसम्मका व्यवसायीहरू जुटेका छन्।

बाजपालन अब संस्कृतिमा मात्र सीमित छैन; यो हतियार, छाला उद्योग र ठूला इभेन्ट म्यानेजमेन्टसँग जोडिएको नाफामूलक उद्योग बनिसकेको छ।

आफ्नो पुर्खाको विरासतलाई नयाँ पुस्ता र प्रविधिसँग जोड्नु नै यस प्रदर्शनीको मुख्य ध्येय भएको आयोजकले बताएका छन्। कताराका महानिर्देशक एवं आयोजक समितिका अध्यक्ष खालिद बिन इब्राहिम अल सुलतीले भनेका छन्, “हामी हाम्रो इतिहासलाई केवल सम्झनामा थन्क्याएर राख्न चाहँदैनौँ। हाम्रो चाहना यो मौलिक परम्परा वर्तमान र भविष्यमा पनि उत्तिकै गर्वका साथ बाँचिरहोस् भन्ने हो।”

Previous Post

फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको छः महानिर्देशक सिंह

Next Post

टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In