• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home संसद

संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरुलाई दलगत दृष्टिकोणले हेर्दा प्रभावकारी समन्वय हुन सकेनः झाँक्री

रिजन ढकाल by रिजन ढकाल
२५ भाद्र २०८३, बिहीबार
A A
संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरुलाई दलगत दृष्टिकोणले हेर्दा प्रभावकारी समन्वय हुन सकेनः झाँक्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरूलाई दलगत दृष्टिकोणले हेर्दा प्रभावकारी समन्वय हुन नसकेको बताएकी छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले रसुवाको भोटेकोशी बाढीपछि विपद् व्यवस्थापनमा सरकार सामाजिक सञ्जालमा मात्र सीमित नभई प्रत्यक्ष रूपमा देखिने गरी काम गर्नुपर्ने बताइन् । उनले खोज तथा उद्धारसँगै राहत र पुनर्निर्माणमा समेत प्रभावकारी काम गर्नुपर्ने बताइन् ।

उनले सरकार सामाजिक सञ्जालमार्फत नागरिकमा भ्रम छर्ने कार्य गरिरहेकोप्रति आपत्ति पनि जनाइन् । फरक प्रसंगमा बोल्दै उनले गत वर्षको २४ भदौको ध्वंसको जिम्मेवारी कसले लिने हो ? भन्दै प्रश्न गरिन् । उनले जेनजी आन्दोलन ‘हाइज्याक’ गरेर राष्ट्रिय झण्डा काँधमा हालेर देश जलाउने अपराधीहरूमाथि कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘सरकार सामाजिक सञ्जालमा क्रियाशील छ । एआईले पुल बनाइदिन्छ । कृष्णभीरको बाटो पनि एआईले बनाइदिसक्यो । कन्टेन्ट क्रियटरहरूले बनाइरहेका छन् । तर सरकार सोसियल मिडियामा चलाएर हुने रैनछ । यहाँ युवा मन्त्री हुनुहुन्छ । विज्ञानमन्त्रीको त के कुरा गर्ने, उहाँले त बाँदर लखेट्ने प्रविधि नै छैन भन्नुहुन्छ । यो सबै कुराबाट सिकेर अब सरकार भिजिबल हुनुपर्छ । अब सर्च एन्ड रेस्क्युपछि राहत र पुनर्निर्माणको काम पनि छ । अब सरकारले डीएनए परीक्षण सार्वजनिक गर्दै सास नभए लास पनि बुझाउनुपर्ने बेला भएको छ । सरकारको लागि मृत्यु एक संख्या भए पनि आफन्तका लागि प्रियजन हुन् । आज स्थानीय तह र प्रदेश सरकारले यति धेरै कामहरू गरिरहेका छन् । तर तपाईंहरूले समन्वय गरिरहनुभएको छैन । सरकार–सरकारबीच समन्वय गर्नुहोस्, दल नहेर्नुस् । विपद्मा दल हेर्नु हुँदैन । तर यहाँ समन्वयको अभाव देखिन्छ ।’

उनले सरकारले राजनीतिक दल र प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न नसकेको बताइन् ।

Previous Post

विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली

Next Post

पञ्जाबी कलाकारको क्यानभास : मोदी, पुटिन र सी चिनपिङ एउटै फ्रेममा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In