• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

काँग्रेस सचेतक राईको प्रश्न – राज्य विधिबाट चल्छ कि पहुँचबाट ?

रिजन ढकाल by रिजन ढकाल
२५ भाद्र २०८३, बिहीबार
A A
काँग्रेस सचेतक राईको प्रश्न – राज्य विधिबाट चल्छ कि पहुँचबाट ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाएका छन् ।

विहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सरकारलाई ‘जेनजी आन्दोलन’को मर्मअनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गरे । विधिका लागि आन्दोलनमा उत्रेका युवाहरूको जगमा बनेको सरकारले विधि मिच्न थालेको उनले बताए ।

उनले नेपाल रेडक्रस सोसाइटीमा सरकारी हस्तक्षेप भएको आरोप लगाए । उनले रेडक्रसलाई राजनीतिक शक्ति परीक्षण गर्ने थलो नबनाउन तथा वैधानिक प्रदेश तथा जिल्ला समितिमाथिको हस्तक्षेप रोक्न माग गरे । साथै, विधान तथा कानुनअनुसार विशेष महाधिवेशनको वातावरण बनाई वैधानिक नेतृत्व चयन गर्न सरकारसँग आग्रह गरे ।

उनले मलेसियामा रोजगारीका लागि सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था छनोट गर्ने तयारी भएकोमा पनि आपत्ति जनाए । उनले छनोटको मापदण्ड, संख्या र प्रक्रिया पारदर्शी बनाउन सरकारसँग माग गरे ।

उनले स्वास्थ्य बीमा कार्यक्रममा घरघर पुगेर नागरिकलाई जोड्ने दर्ता सहयोगीहरूले लामो समयदेखि प्रोत्साहन भत्ता नपाएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने व्यक्तिको आफ्नै श्रम असुरक्षित भएको टिप्पणी गर्दै उनले प्रोत्साहन रकममा भइरहेको १५ प्रतिशत कर कट्टीको व्यवस्था पुनरावलोकन गर्न माग गरे ।

उनले रेडक्रस, वैदेशिक रोजगारी र स्वास्थ्य बीमाका यी तीनवटा विषय फरक देखिए पनि तिनको मूल प्रश्न एउटै रहेको उल्लेख गरे ।

उनले भने, ‘एउटा रेडक्रसको विषय, एउटा रोजगारीको विषय, अर्को स्वास्थ्य बीमाको, तर धागो एउटै छ । रेडक्रसको प्रसङ्ग संस्थाको स्वायत्तताको हो । रोजगारीको प्रश्नको कुरा भनेको निष्पक्ष प्रतिस्पर्धाको कुरो हो । दर्ता सहयोगीको प्रश्नलाई हेर्ने हो भने श्रमको समानताको हो । र यी तीनवटै प्रश्नको मूल प्रश्न एउटै हो, राज्य विधिबाट चल्छ कि पहुँचबाट भन्ने कुरा । संस्था नियमले चल्छ कि रुचिले । सरकार नागरिकको सेवामा छ कि सीमित स्वार्थको संरक्षणमा ।’

उनले सरकारका मन्त्रीहरूले पछिल्लो समयमा दिएका अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाए । गृहमन्त्री सुधन गुरुङले ‘हामी सिकाउन आएका हौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले प्रतिपक्ष सिक्न तयार रहेको बताए । तर विधि, प्रक्रिया, पद्धति, विधान, सहिष्णुता र सिद्धान्त सिक्न तयार रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी सिकाउन आएका हौँ भन्ने कुरा पनि सुनियो । हामी सिक्न तयार छौँ । हामी प्रतिपक्षी दल सधैँ सिक्न तयार छौँ । तर सिक्न संस्कार सिक्न चाहन्छौँ । विधि, प्रक्रिया, पद्धति सिक्न चाहन्छौँ । विधानसङ्गत कुरा सिक्न चाहन्छौँ । सहिष्णुता सिक्न चाहन्छौँ, सिद्धान्त सिक्न चाहन्छौँ । यो पूर्वाग्रही भएर भनेको होइन, सभामुख महोदय । आलोचना र प्रश्न हामीले गर्नै पर्छ । तर अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह, भ्रम, यी कुराहरू हामी अहङ्कार सिक्न आएका होइनौँ । विवादित धर्मगुरुहरूको सङ्गत हामी सिक्न आएका होइनौँ ।’

उनले प्रतिपक्षले सरकारको आलोचना र प्रश्न गर्न पाउने बताए । अराजकता, साइबर बुलिङ, असहिष्णुता, पूर्वाग्रह र भ्रमलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ ।

Previous Post

कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन्

Next Post

प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन पर्दैनः सभापति थापा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In