• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन्

रिजन खड्का by रिजन खड्का
२५ भदौ, २०८३
A A
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन्
0
SHARES
0
VIEWS

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेकी छन् ।

सभाको बुधवारको बैठकमा मन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी मागेकी हुन् । उनले जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिएकी थिइन् ।

मन्त्री गौतमको उक्त अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो । मन्त्री गौतमले आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको जिकिर गरिन् । उनले आफू राजनीतिक व्यक्ति भएकाले अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिँदा समस्या भएको बताइन् ।

उनले कानून निर्माण प्रक्रिया जटिल भएको वास्तविक तथ्यलाई राजनीतिक कोणबाट व्याख्या गरिएकोप्रति असन्तुष्टि पनि जनाइन् ।

उनले भनिन्, ‘मैले जेनजी स्मृति दिवसको सन्दर्भमा बोलेका केही विषयवस्तुहरूलाई लिएर मान्यज्यूहरूले केही प्रश्नहरू गर्नुभएको छ । जेनजी शहीदका परिवारहरूले एउटा कार्यक्रम आयोजना गर्नुभएको थियो । सो कार्यक्रममा सरकारका मन्त्रीहरूलाई पनि निमन्त्रणा थियो । विभिन्न दलका नेतागणहरूलाई पनि निमन्त्रणा थियो । त्यस कार्यक्रममा मन्त्रीका हैसियतले जेनजी स्मृति दिवस कार्यक्रममा सहभागी हुन पुगेँ । त्यस सवालमा मलाई कानून निर्माण चाहिँ छिटो गरियोस् । दुई तिहाइ भोट हालेर पठाएका छौँ, अब कानून निर्माण छिटो हुनुपर्‍यो । संविधान नै संशोधन गर्नुपर्‍यो भन्ने आशयसहित प्रश्नहरू पनि मलाई आइराखेका थिए । मैले तथ्यभन्दा बाहिर गएर कुनै पनि यस्तो कुरा भनेको छैन, जसले यहाँहरूको भावनामा चोट परोस् । मैले भनेको कुरा के थियो भने, प्रतिनिधिसभामा दुई तिहाइ छ । कानून निर्माण प्रक्रिया प्रतिनिधिसभाको बहुमतले मात्रै पूर्ण हुँदैन । कानून निर्माण प्रक्रिया प्रतिनिधिसभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि कानून निर्माण हुन्छ । यो कम्प्लेक्स प्रक्रिया छ । र अब यसलाई यो तथ्य हो, यसलाई राजनीतिक भाषा जसरी बनाएर व्याख्या गर्न चाह्यो, त्यसरी नै व्याख्या हुन्छ जस्तो मलाई लाग्दछ । मैले राष्ट्रिय सभाले कहीँ कतै असहयोग गर्‍यो भनेर कहीँ कतै त्यस्तो भाषा, शब्द प्रयोग गरेको छैन । त्यो मान्यज्यूहरूले पनि हेर्न सक्नुहुन्छ । तर मैले भनेका कुराले गर्दाखेरि, मैले त्यहाँ बोलेको तथ्यले गर्दाखेरि राजनीतिक व्यक्ति हुँ । राजनीतिक व्यक्ति भएको कारणले गर्दाखेरि समाचारहरूमा पत्रकारज्यूहरूले अथवा सामाजिक विश्लेषकहरूले विभिन्न अर्थ लगाएर एउटा खालका सप्रसङ्ग व्याख्यासहितका विषयहरू पनि सामाजिक सञ्जालहरूमा देखिए ।’

उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको पनि बताइन् ।

Previous Post

सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो ः अमरेश कुमार सिंह

Next Post

काँग्रेस सचेतक राईको प्रश्न – राज्य विधिबाट चल्छ कि पहुँचबाट ?

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav