बेलारुसको राजधानी मिन्स्कले आफ्नो स्थापनाको ९५९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा ‘मिन्स्क–हिरो सिटी’ स्मारकमा पुष्प अर्पण तथा ऐतिहासिक प्रस्तुति आयोजना गरिएको थियो । कार्यक्रममा शान्तिका लागि आफ्नो जीवन बलिदान गर्ने व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
शहरभरिका विभिन्न पार्कमा सांगीतिक कार्यक्रम, गीत तथा नृत्य प्रस्तुति, रेट्रो शो, खाद्य मेला र हस्तकला कार्यशाला आयोजना गरिएका थिए । कार्यक्रममा स्थानीय बासिन्दासँगै विभिन्न स्थानबाट आएका आगन्तुकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
वार्षिकोत्सवका क्रममा प्रहरी, सैनिक तथा अग्निनियन्त्रकजस्ता विभिन्न पेशासम्बन्धी प्रदर्शनी पनि आयोजना गरिएको थियो । अन्तरक्रियात्मक प्रदर्शनीमार्फत आगन्तुकहरूले ती पेशामा संलग्न व्यक्तिहरूको काम र जिम्मेवारीबारे जानकारी लिने अवसर पाएका थिए ।
मिन्स्कको स्थापना दिवसका अवसरमा आयोजित विविध कार्यक्रमले शहरको इतिहास, संस्कृति र सार्वजनिक सेवामा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै स्थानीय समुदायलाई उत्सवमा जोडेको आयोजकहरूले बताएका छन् ।
