• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम भएका छन्’-हरिवंश आचार्य

रिजन ढकाल by रिजन ढकाल
२८ भाद्र २०८३, आईतवार
A A
काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम भएका छन्’-हरिवंश आचार्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं महानगरपालिका करिब ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताएका छन् ।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । फल्चा बाहिरबाट हेर्दा बस्ने वा ओत लाग्ने सामान्य ठाउँजस्तो देखिए पनि त्यसको संरचनाभित्र काठमाडौंका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको उनको भनाइ छ ।

आचार्यले काठमाडौंलाई देवताहरूको शहरका रूपमा चित्रण गर्दै यहाँका बासिन्दाले पनि देवताकै रूपमा आफ्नो सम्पदा र महानगरको संरक्षण गर्नुपर्ने बताए । उनले केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाइ र सौन्दर्यबारे तयार पारेको कार्यक्रम आफूले हेरेको पनि बताए । भारतीय सञ्चारमाध्यम तथा युट्युबरहरूले नेपाल र काठमाडौंको प्रशंसा गरेको देख्दा आफूलाई गर्व लागेको उनको भनाइ छ ।

‘काठमाडौं अहिले कति सफा र सुन्दर देखिएको छ, यसबाट हामीले सिक्नुपर्छ’ भन्ने आशयका सामग्री भारतीय युट्युबमा हेर्न पाएको उल्लेख गर्दै आचार्यले त्यसले नेपालीको गौरव बढाएको बताए । उनले काठमाडौं महानगरपालिकामा पछिल्लो समय भएका सकारात्मक परिवर्तनलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाइ र सुन्दरतामा थप ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘करिब ५० वर्षअघिदेखि नै महानगर बिग्रिन सुरु भएको हो । तर अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ । पछिल्लो समय भने महानगर सफा, सुन्दर र व्यवस्थित बनाउने केही राम्रा कामहरू भएका छन् । ठाउँ–ठाउँमा फल्चा निर्माण भएका छन् । हेर्दा फल्चा बस्ने र ओत लाग्ने ठाउँजस्तो देखिए पनि त्यसको भित्र हाम्रो सम्पदा र संस्कृति लुकेको हुन्छ । देवतैदेवताले भरिएको काठमाडौं महानगरपालिकालाई हामी यहाँका नागरिकले पनि देवताकै रूपमा मानेर संरक्षण गर्नुपर्छ । केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंबारे बनाएको एउटा कार्यक्रम हेरेँ । उनीहरूले काठमाडौं अहिले कति सफा र सुन्दर भएको छ र यसबाट हामीले पनि सिक्नुपर्छ भनेर प्रशंसा गरेका रहेछन् । त्यो देख्दा नेपाली भएको नाताले हाम्रो गर्वले छाती फुलेको छ ।’

आचार्यले महानगरको विकास र संरक्षणमा महानगरवासीको समेत महत्वपूर्ण भूमिका रहने भन्दै सबैले आफ्नो सहरप्रति जिम्मेवार बन्नुपर्ने बताए ।

Previous Post

‘महानगर सफा राख्ने जिम्मेवारी हामी नागरिककै हो’- जितु नेपाल

Next Post

चोभारको निकासमा समस्या आए काठमाडौंमा फेरि प्रलय हुनसक्छः मदनकृष्ण श्रेष्ठ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In