• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बाढीको पीडाबीच तीज, पशुपतिमा भक्तजनको भीड; ‘यसपालि रौनक कम छ’

रिजन खड्का by रिजन खड्का
२९ भदौ, २०८३
A A
बाढीको पीडाबीच तीज, पशुपतिमा भक्तजनको भीड; ‘यसपालि रौनक कम छ’
0
SHARES
0
VIEWS

हिन्दु महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ ।

तीजका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रीमानको दीर्घायु, पारिवारिक सुखशान्ति तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै व्रत बसेर पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा भक्तजनहरू लामवद्ध भएर पूजाआराधना गरिरहेका छन् । यसपटक भने विगतका वर्षको तुलनामा तीजको रौनक केही कम देखिएको भक्तजनहरूले बताएका छन् । देशका विभिन्न स्थानमा आएको बाढी तथा विपद्बाट ठूलो जनधनको क्षति भएकाले उत्सवको माहौलमा समेत त्यसको प्रभाव परेको उनीहरूको भनाइ छ ।

पशुपति दर्शनका लागि आउनुभएकी सिर्जना गिरीले देशमा पछिल्लो समय भएका दुःखद् घटनाबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर पशुपतिनाथसँग प्रार्थना गरेको बताएकाछन् । उहाँले तीज महिलाहरूका लागि विशेष पर्व भएको र परम्परादेखि नै श्रीमान्को दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने चलन रहेको बताएकाछन् ।

त्यस्तै, मीरा लोहनीले यसपटक पशुपतिनाथको दर्शन सहज भएको बताएकाछन् । विगतमा लामो समय लाइन बस्नुपर्ने भएपनि यसपालि सहज रूपमा दर्शन गर्न पाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पशुपतिनाथले हामी सबैको रक्षा गरून् । सबै दिदीबहिनीहरू निराहार व्रत बसेर भगवान्को दर्शन गर्न पाउँदा खुशी लागेको छ ।’

कृष्णा बस्यालले भने देशमा विपद्का कारण तीजको खुशी मनमा नरहेको बताएकाछन् । बाढीपहिरोका कारण घरबार गुमाएका, आफन्त तथा छोराछोरी हराएका परिवारको पीडाले आफूहरूलाई समेत दुःखी बनाएको उहाँले बताएकाछन् । उहाँकाअनुसार विपद्का कारण यसपटक विगतको तुलनामा पशुपतिनाथमा भक्तजनको चाप पनि केही कम देखिएको छ ।

पशुपतिनाथ दर्शनका लागि आउनुभएकी अर्की एक भक्तजन निरु गिरीले तीज धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण पर्व भएकाले आधुनिकतासँगै आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने बताएकाछन् । उहाँकाअनुसार अविवाहित महिलाले असल तथा सर्वगुण सम्पन्न जीवनसाथीको कामना गर्दै र विवाहित महिलाले श्रीमान तथा परिवारको स्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्दै तीजको व्रत बस्ने परम्परा छ ।

विमला न्यौपानेले पनि श्रीमानको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै आफू व्रत बसेर पशुपतिनाथ आएको बताएकाछन् । उहाँले देशमा शान्ति कायम होस्, सबैको सुख, शान्ति र समृद्धि होस् तथा विपद्मा परेकाहरूको शिघ्र उद्धार होस् भन्ने कामना गर्नुभयो ।

संगीता केसीले तीजमा रातो पहिरन, सिन्दुर, टीका र पोते लगाउने परम्परा रहेको बताउँदै यसपटक भने बाढीपीडितको पीडाका कारण विगतजस्तो रमाइलो वातावरण नरहेको बताएकाछन् ।

उहाँले भन्नुभयो, ‘पहिला धेरै रमाइलो हुन्थ्यो। यसपालि देशमा संकटजस्तो अवस्था भएकाले त्यति रमाइलो छैन। हामीले परम्परा र नियमलाई निरन्तरता दिएका छौँ, तर खुशी र उत्साह भने विगतजस्तो छैन ।’

अर्की भक्तजन कल्पना नेपाल भट्टराईले आफ्नो संस्कृतिलाई सधैँ जोगाउनुपर्ने बताएकाछन् । आधुनिकतिर जति लागे पनि कला र संस्कृति, धरोहर, सम्पती भएकाले जोगाइरहनुपर्ने बताएकाछन् । यस वर्ष तीजमा पशुपतिनाथमा दर्शन गर्न सहज रहेको बताएकाछन् ।

भक्तजनहरूले यसपटक तीजको व्रत तथा पूजाआराधनासँगै बाढी तथा विपद्बाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन् । देशका विभिन्न स्थानमा बाढी तथा अन्य विपद्को पीडा कायम रहे पनि तीजको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै महिलाहरू बिहानैदेखि शिवालयमा पुगेर पूजाआराधना गरिरहेका छन् ।

Previous Post

पशुपतिनाथमा तिजको रौनक, बिहानैदेखि पूजाआराधनाका लागि भक्तजनको घुइँचो

Next Post

कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav