• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

रिजन ढकाल by रिजन ढकाल
२९ भाद्र २०८३, सोमबार
A A
कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै सवारीसाधनका लागि दुईतर्फी सडक सञ्चालन गर्ने तयारी गरेको छ ।

सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेकाअनुसार कृष्णभीरमा सडक खुलाउने कामको परीक्षण सफल भएपनि अझै ग्राभेल, सतहगत निकास (सब–सर्फेस ड्रेनेज) तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम गर्न बाँकी छ । उहाँकाअनुसार भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो । त्यसपछि आएको अर्को बाढीले नदीको कटान बढाउँदा परेवाभीर, कृष्णभीरलगायत क्षेत्रमा सडकको तल्लो भाग बगाएको थियो ।

कृष्णभीर पुरानो पहिरो सक्रिय हुने क्षेत्रसमेत भएकाले सडक विभागले विज्ञहरूसँग परामर्श गरेर सडक खोल्ने निर्णय गरेको न्यौपानेले बताएकाछन् । नेपाल जिओटेक्निकल सोसाइटीसँगको परामर्शपछि पहिरोको भित्तातर्फबाट सडक खन्दै तत्कालीन रूपमा यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका काम अघि बढाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभएको छ ।

आईतवार गरिएको परीक्षणका क्रममा कृष्णभीरमा एक चरणको ट्रयाक खोलिएको र उपलब्ध ग्यास बुलेटलाई पार गराएर सडकको परीक्षण गरिएको न्यौपानेले बताएकाछन् । तर सडकमा अझै ग्राभेल बिछ्याउने तथा पानी निकासको काम बाँकी रहेकाले तत्कालका लागि सडक पुनः रोकिएको उहाँले स्पष्ट पार्नुभएको छ । कृष्णभीर खोल्दा दुईतर्फी नै यातायात सञ्चालन गर्ने तयारी रहेको न्यौपानेले बताएकाछन् । यद्यपि माथिबाट पहिरो खस्ने वा अन्य प्राविधिक समस्या आएमा अवस्था हेरेर निर्णय गर्नुपर्ने हुनसक्ने उहाँको भनाइ छ ।

भोटेकोशी बाढीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशूली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

उहाँले भन्नुभयो, ‘भदौ १० गतेको भोटेकोशी बाढीले पृथ्वी राजमार्गका केही सडकखण्डमा क्षति पु¥याएको थियो भने भदौ १४ गतेको बाढीले नदी कटान बढाउँदा परेवाभीर, कृष्णभीरलगायत स्थानमा सडक तलबाटै बगाएको थियो । कृष्णभीरको पुरानो पहिरो सक्रिय क्षेत्र व्यवस्थापनका लागि विज्ञ तथा नेपाल जियोटेक्निकल सोसाइटीसँग परामर्श गरी सडक विभागले तत्काल यातायात सञ्चालन गर्न प्राविधिक जोखिम लिएर काम अघि बढाएको हो । शुरुमा एक लेनको ट्र्याक खोल्ने र पछि दुई लेनमा विस्तार गर्ने गरी काम गरिएको थियो । हिजो उपलब्ध ग्यासका बुलेटहरूलाई पास गराउँदै ट्र्याकको परीक्षणसमेत गरिएको छ । हाल ग्राभेल तथा सब–सर्फेस ड्रेनेजको काम बाँकी छ। सक्रिय पहिरो क्षेत्रमा फ्रेन्च ड्रेन तथा होरिजोन्टल ड्रिलिङमार्फत पानी निकासको व्यवस्था गरिनेछ । यी काम पूरा गरी असोज १ गतेदेखि कृष्णभीरमा सबै प्रकारका सवारी साधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । माथिबाट पहिरो जाने वा अन्य प्राविधिक समस्या आएमा भने अवस्था हेरी निर्णय गरिनेछ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा नदी कटान तथा पहिरोको प्रभाव परेको छ । विपद्को समयमा अत्यावश्यक नभएसम्म यात्रा नगर्न म यात्रुहरूलाई अनुरोध गर्दछु । अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्थामा पनि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्दछु । बाढीको अवस्था सामान्य भएपछि राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार तथा पुनर्निर्माणका काम अघि बढाइनेछ ।’

न्यौपानेकाअनुसार बाढीका कारण नदीको सतह बढ्नुका साथै नदी कटानले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडकको तल्लो भागमा क्षति पुगेको छ । बाढी तथा वर्षा कम भएपछि राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार तथा मर्मतका काम अघि बढाइने उहाँले बताएकाछन् । उहाँले विपद्को समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । सडक विभागले बाढी तथा पहिरोबाट प्रभावित पृथ्वी राजमार्गका अन्य खण्डको समेत अवस्था मूल्याङ्कन गरी आवश्यकताअनुसार तत्कालीन तथा दीर्घकालीन सुधारका काम अघि बढाउने जनाएको छ ।

Previous Post

बाढीको पीडाबीच तीज, पशुपतिमा भक्तजनको भीड; ‘यसपालि रौनक कम छ’

Next Post

ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन”

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In