• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

एनआरएनएद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई राहत

रिजन ढकाल by रिजन ढकाल
२९ भाद्र २०८३, सोमबार
A A
एनआरएनएद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई राहत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२९ भदौ, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई सहयोग पुर्‍याउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरेको राहत अभियानलाई निरन्तरता दिएको छ।

राहत अभियानअन्तर्गत एनआरएनएले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ मा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि खाद्यान्नसहित आवश्यक राहत सामग्री उपलब्ध गराएको छ। उक्त सामग्री वडा अध्यक्ष उर्गेन छिरिङ लामालाई हस्तान्तरण गरिएको हो। बेलायतको लिभरपुलमा रहेको लिभरपुल नेपाली समाजले राहत सामग्रीका लागि आर्थिक सहयोग गरेको एनआरएनएले जनाएको छ। स्थानीय तहले प्रभावित परिवारको आवश्यकता पहिचान गरी सामग्री वितरण गर्नेछ।

त्यस्तै, नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेमा रहेका १८ प्रभावित परिवारलाई खाना पकाउन आवश्यक सामग्री वितरण गरिएको छ। प्रत्येक परिवारलाई एक थान ग्यास सिलिन्डर, ग्यास चुलो र प्रेसर कुकर प्रदान गरिएको हो। विदेशमा रहेका एनआरएनएका पञ्जीकृत सदस्यका परिवारलाई लक्षित गर्दै संघका उपाध्यक्षद्वय मनोज गोर्खाली र तिलक गैरेको पहल तथा प्रयोजनमा उक्त सहयोग उपलब्ध गराइएको जनाइएको छ।

यसै क्रममा एनआरएनएका पदाधिकारी सम्मिलित राहत टोलीले रसुवाको स्याफ्रुबेँसी, चिलिमे हाइड्रोपावर आसपास तथा बेत्रावती क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेको छ। टोलीले बाढी तथा पहिरोबाट पुगेको क्षति, प्रभावित परिवारको वर्तमान अवस्था र उनीहरूलाई तत्काल आवश्यक पर्ने सहयोगबारे स्थानीयस्तरमा जानकारी संकलन गरेको थियो।

स्थलगत भ्रमणका क्रममा विपद्मा परी ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो। साथै प्रभावित परिवारप्रति समवेदना प्रकट गरिएको एनआरएनएले जनाएको छ।

स्थानीय जनप्रतिनिधि तथा प्रभावित नागरिकसँगको छलफलबाट प्राप्त विवरणका आधारमा आगामी दिनमा राहत, पुनर्स्थापना तथा आवश्यक सहयोगका कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने संघले जनाएको छ।

Previous Post

१२ वर्षपछि गाउँ ब्लक जग्गा दर्ता हुँदै, वडामै निवेदन दिने व्यवस्था

Next Post

बच्चाले आफ्नो रूपरङ वा शरीरलाई लिएर चिन्ता गर्छ? अभिभावकले अपनाउनुपर्ने ५ उपाय

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In