• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

पार्टी एकता नहुँदासम्म वडा अधिवेशनमा सहभागी नहुन कांग्रेस बैतडीका पूर्वसभापतिको अपिल

रिजन ढकाल by रिजन ढकाल
२९ भाद्र २०८३, सोमबार
A A
पार्टी एकता नहुँदासम्म वडा अधिवेशनमा सहभागी नहुन कांग्रेस बैतडीका पूर्वसभापतिको अपिल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । नेपाली कांग्रेस बैतडीका चार जना पूर्वसभापतिले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम नभएसम्म वडा अधिवेशनलगायतका संगठनात्मक गतिविधिमा सहभागी नहुन क्रियाशील सदस्यहरूलाई आग्रह गरेका छन्।

पूर्वसभापतिहरू नरेन्द्रबहादुर बम, नरेन्द्रसिंह बिष्ट, शिवराज भट्ट र नरबहादुर चन्दले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीलाई एकता, सहमति र लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

उनीहरूले पार्टीभित्रको वर्तमान विवाद समाधान नभई एकतर्फी रूपमा सञ्चालन गरिने भनिएका वडा अधिवेशनलगायत गतिविधिमा सहभागी नहुन बैतडीका सम्पूर्ण क्रियाशील सदस्यलाई अपिल गरेका हुन्।

पूर्वसभापतिहरूले केन्द्रीय कार्यसमितिको निर्णयबिना आयोजना गरिएको विशेष महाधिवेशन तथा त्यसपछि अघि बढाइएका गतिविधिले पार्टीभित्र थप विभाजनको अवस्था सिर्जना गरेको दाबी गरेका छन्।

उनीहरूका अनुसार पार्टीभित्रको विवादसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा समेत एकतर्फी रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी संगठनात्मक गतिविधि अघि बढाइनु उचित होइन। यस्तो गतिविधिले पार्टीलाई एकताबद्ध बनाउन चाहने नेता तथा कार्यकर्ताको भावना र विश्वासमा नकारात्मक असर परेको उनीहरूको भनाइ छ।

विज्ञप्तिमार्फत पूर्वसभापतिहरूले राष्ट्रियता, लोकतन्त्र तथा लोकतान्त्रिक शासन व्यवस्थाको संरक्षणसँगै नेपाली कांग्रेसको भविष्यलाई सुदृढ बनाउन पार्टीभित्रको एकता आवश्यक रहेको उल्लेख गरेका छन्।

उनीहरूले विवाद र विभाजनभन्दा संवाद, सहमति र लोकतान्त्रिक विधिबाट पार्टीलाई बलियो बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

Previous Post

विपद् प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

Next Post

स्विडेनको चुनावमा विपक्षी गठबन्धनको झिनो अग्रता, सरकार गठन अझै अनिश्चित

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In