• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति

रिजन ढकाल by रिजन ढकाल
३० भाद्र २०८३, मंगलवार
A A
अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
उत्तरी चीनको हबेई प्रान्तस्थित कान्झाउमा आयोजित १२ औँ चीन कान्झाउ अन्तर्राष्ट्रिय वुसु प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताले विभिन्न देशका खेलाडीलाई प्रतिस्पर्धासँगै सांस्कृतिक आदानप्रदानको साझा मञ्च प्रदान गरेको छ । प्रतियोगितामा ४० देश तथा क्षेत्रबाट ४ हजार ३५० भन्दा बढी मार्सल आर्ट खेलाडी तथा प्रशिक्षक सहभागी भएका थिए । ठूलो अन्तर्राष्ट्रिय सहभागिताले प्रतियोगितालाई वुसुमार्फत विभिन्न संस्कृति र समुदायबीच सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर बनाएको आयोजकहरूले बताएका छन् । प्रतियोगितामा सहभागी रुसी खेलाडी एन्टोन आन्द्रेभ विगत १६ वर्षदेखि कान्झाउमा वुसु सिक्दै आएका छन् । उनका अनुसार वुसु केवल मार्सल आर्ट नभई विभिन्न देशका मानिसलाई एकताबद्ध गर्ने माध्यम पनि हो । आन्द्रेभले चीनका साथी तथा प्रशिक्षकसँग हरेक वर्ष प्रशिक्षण गर्दा आफूले ठूलो आनन्द लिने गरेको बताए। देश फरक भए पनि वुसुले मानिसलाई एक ठाउँमा ल्याउने उनको भनाइ छ । उनले चीनमा सिकेको वुसुलाई रूसमा समेत प्रचार गर्दै आएका छन् । यस वर्षको प्रतियोगितामा उनले रूसबाट ५० भन्दा बढी मार्सल आर्टप्रेमीलाई कान्झाउ ल्याएका थिए । अर्का रुसी खेलाडी आन्द्रेई अगिएभले चिनियाँ वुसु आफूलाई निकै मन पर्ने बताए । वुसुमा विभिन्न परम्परागत हतियार तथा विभिन्न शैलीका पारम्परिक मुक्का अभ्यास सिक्न सकिने भएकाले यो आफूले अभ्यास गरेका खेलमध्ये उत्कृष्ट रहेको उनको भनाइ छ । आन्द्रेभका प्रशिक्षक लिउ लियानजुन कान्झाउका परम्परागत मार्सल आर्टका स्थानीय उत्तराधिकारी हुन् । उनले लामो समयदेखि विश्वका विभिन्न देशका मानिससँग वुसु आदानप्रदान तथा प्रशिक्षणलाई प्रवद्र्धन गर्दै आएका छन् ।
लिउकाअनुसार विभिन्न देशका विदेशीहरू वुसु सिक्न कान्झाउ आउने गरेका छन्। उनका शब्दमा, वुसुको कुनै सीमा हुँदैन । युद्धकला तथा वुसुका विभिन्न अभ्यासमार्फत विदेशीहरूले चिनियाँ वुसुको गहिरो र समृद्ध संस्कृतिलाई बुझ्ने अवसर पाउँछन् । पछिल्ला वर्षहरूमा कान्झाउले विभिन्न देशका वुसु खेलाडी तथा अभ्यासकर्तालाई एकै ठाउँमा ल्याउने विभिन्न मञ्च विकास गर्दै आएको छ । खेलकुदको प्रतिष्पर्धाभन्दा पर, वुसु विभिन्न देशका मानिस र संस्कृतिबीच सम्बन्ध जोड्ने सांस्कृतिक पुल बन्दै गएको छ । कान्झाउमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिताले पनि खेलकुदमार्फत अन्तर्राष्ट्रिय मित्रता र सांस्कृतिक आदानप्रदानलाई थप बलियो बनाएको देखाएको छ ।
Previous Post

विश्वकै पहिलो प्रागैतिहासिक उड्ने सरीसृपसम्बन्धी संग्रहालय चीनको सिनजियाङमा खुल्यो

Next Post

ऋषिपञ्चमीको पावन उल्लासः ३६५ दतिवनले पखालियो वर्षभरिको अशुद्धि, तीर्थस्थलमा नारी शक्तिको वन्दना (तस्बिरहरु)

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In