• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

खर्कबाट ऊन, दूध र मासु उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छः सभापति चौधरी

रिजन ढकाल by रिजन ढकाल
३० भाद्र २०८३, मंगलवार
A A
खर्कबाट ऊन, दूध र मासु उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छः सभापति चौधरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालका खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्दै ऊन, दूध र मासुजन्य उत्पादन बढाएर आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्नुपर्ने बताएकी छन् ।

सभापति चौधरीले खर्क तथा चरन क्षेत्र पशुपालन र हिमाली समुदायको जीविकोपार्जनको आधारसँगै देशको उत्पादन र अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण स्रोत भएकाले यसको व्यवस्थित उपयोग आवश्यक रहेको बताएकी हुन् । ‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै सभापति चौधरीले खर्कको उत्पादनशीलता बढाउन सके ऊन, दूध र मासुजन्य पदार्थको उत्पादनमा वृद्धि गर्न सकिने बताएकी छन् । उनकाअनुसार खर्क तथा चरन क्षेत्रको योगदान पशुपालनमा मात्र सिमित छैन । यसबाट उत्पादित ऊन, दूध र मासुजन्य पदार्थको उत्पादन तथा प्रयोग बढाउनुका साथै आयात प्रतिस्थापन र निर्यात विस्तारको सम्भावना पनि रहेको छ । तर जलवायु परिवर्तन, भूक्षयीकरण, कमजोर व्यवस्थापन, श्रम अभाव तथा संस्थागत समन्वयको कमीका कारण खर्क क्षेत्रले चुनौती सामना गरिरहेको उनले बताएकी छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय खर्क नीति संशोधनका लागि अध्ययन प्रारम्भ गरेको जानकारी दिँदै चौधरीले नीति निर्माणमा भुटानको अनुभव, नेपालका स्थानीय अभ्यास, वैज्ञानिक प्रमाण तथा सरोकारवालाका सुझावलाई आधार बनाइने बताएकी छन् । उनले खर्क क्षेत्रलाई जैविक विविधता, जलाधार संरक्षण, वातावरणीय सन्तुलन र जलवायु उत्थानशीलतासँग समेत जोडेर हेर्नुपर्ने बताएकी छन् । खर्कको दिगो व्यवस्थापनले हिमाली तथा ग्रामीण समुदायको जीविकोपार्जनसँगै वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउने उनको भनाइ छ ।

सभापति चौधरीले भनिन्, ‘नेपालको कुल भूभागको महत्वपूर्ण हिस्सा ओगटेका खर्क तथा चरन क्षेत्र पशुपालन र ग्रामीण हिमाली समुदायको जीविकोपार्जनको आधार मात्र होइनन्, जैविक विविधता, जलाधार संरक्षण, वातावरणीय सन्तुलन र जलवायु उत्थानशीलताका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छन् । साथै, ऊन, दूध तथा मासुजन्य उत्पादनको वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा पनि खर्क क्षेत्रको महत्वपूर्ण योगदान हुन सक्छ । तर पछिल्लो समय जलवायु परिवर्तन, भूक्षयीकरण, कमजोर व्यवस्थापन, श्रम अभाव र संस्थागत समन्वयको कमीका कारण यस क्षेत्रमा विभिन्न चुनौती देखिएका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय खर्क नीति संशोधनका लागि अध्ययन प्रारम्भ गरेको वर्तमान अवस्थामा, आजको छलफलबाट प्राप्त भुटानको अनुभव, नेपालका स्थानीय अभ्यास, वैज्ञानिक प्रमाण तथा सरोकारवालाका सुझावहरू नीति निर्माणका लागि महत्वपूर्ण आधार बन्ने विश्वास लिएको छु ।’

नेपाल र भूटानका खर्क तथा चरन क्षेत्रको पुनस्र्थापना कार्यक्रमबाट प्राप्त अनुभव आदानप्रदान गर्दै आयोजित छलफलले नेपालको खर्क नीति संशोधनका लागि आवश्यक सुझाव संकलन गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

हंगेरी र जर्मनीबीच दीर्घकालीन साझेदारी थप मजबुत बनाउने सहमति

Next Post

तीन तहका सरकारबीच खर्क व्यवस्थापनको अधिकार स्पष्ट पार्न कानून आवश्यक

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In