• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

सरकारका विधेयकलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्छौंः सभापति रोकाय

रिजन ढकाल by रिजन ढकाल
३० भाद्र २०८३, मंगलवार
A A
सरकारका विधेयकलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्छौंः सभापति रोकाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विधायन व्यवस्थापन समिति सभापति कृष्णबहादुर रोकायले राष्ट्रिय सभाले सरकारले ल्याएका विधेयकलाई सकारात्मक रूपमा लिएर छिटो अघि बढाउने र आवश्यक सुधारसहित अझ उत्कृष्ट कानून बनाउने गरी काम गर्ने बताएका छन् ।

मंगलवार राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सभापति रोकायले सरकारले राष्ट्रिय सभामा पेश गर्ने विधेयकलाई सदनले सरकारलाई सहयोग गर्ने भावनाका साथ अघि बढाइरहेको बताएका हुन् । उहाँले सरकारले राष्ट्रिय सभाले विधेयकलाई अवरोध गर्ने गरेको भन्ने धारणा नराख्न आग्रह गर्दै राष्ट्रिय सभाले विधेयकलाई थप राम्रो, समृद्ध र उत्कृष्ट बनाउने उद्देश्यले काम गरिरहेको बताए । सभापति रोकायले सरकारले पेश गरेका विधेयकलाई जतिसक्दो छिटो टुंग्याउने गरी समितिले काम गरिरहेको जानकारी दिए । हाल छलफलमा रहेको विधेयकलाई समेत करिव तीनवटा बैठकभित्र टुंग्याउने योजना रहेको उहाँले बताए । उहाँले प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा आउने तथा सरकारले सिधै राष्ट्रिय सभामा दर्ता गर्ने दुवै प्रकारका विधेयकलाई समितिले गम्भीरतापूर्वक अघि बढाउने बताए ।

उहाँले भने, ‘ हिजो मुख्य चाडपर्वको दिन हुँदाहुँदै पनि हामी बिहान ८ बजेदेखि बैठकमा बसेर काम ग¥यौँ । शनिवार–आईतवार पनि यही ढङ्गले काम गरिरहेका छौँ । त्यसैले सरकारलाई म आग्रह गर्न चाहन्छु–राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेका विधेयकलाई राष्ट्रिय सभाले सकारात्मक रूपमा लिएर अझ राम्रो, परिमार्जित र उत्कृष्ट कानुन बनाउन सहयोग गर्छ भन्ने कुरा सरकारले बुझ्न आवश्यक छ । बाहिर विभिन्न किसिमका धारणा आइरहेका छन् । माननीय मन्त्रीज्यूले पनि यस समितिको कामबाट त्यसको अनुभूति गर्नुभएको छ भन्ने मलाई लाग्छ। माननीय मन्त्रीज्यू पहिलोपटक आउनुहुँदा एउटा विधेयक लामो समयदेखि बाँकी थियो, त्यसलाई हामीले पारित ग¥यौँ। अहिले उहाँले दोस्रो विधेयक यहाँ प्रश्तुत गर्नुभएको छ र त्यसको काम पनि आजबाट शुरु गरेका छौँ । हामीले यस विधेयकलाई करिब तीनवटा बैठकभित्र टुङ्ग्याउने योजना बनाएका छौँ । त्यसैले प्रतिनिधि सभाबाट पारित भएर आएका वा सरकारले राष्ट्रिय सभामा दर्ता गरेका जुनसुकै विधेयकलाई सकेसम्म छिटो अघि बढाउँदै सरकारले ल्याएकोभन्दा अझ राम्रो, समृद्ध र उत्कृष्ट कानून बनाउनेतर्फ हामी सचेत र सजग छौँ । यस कार्यमा विधायन समितिले इमानदारीपूर्वक र जिम्मेवारीका साथ काम गर्ने प्रतिवद्धता पनि म यस सम्मानित सदनसमक्ष व्यक्त गर्न चाहन्छु ।’

राष्ट्रिय सभाले सरकारका विधेयक पारित गर्न मात्र नभई आवश्यक सुधार र परिमार्जन गरी गुणस्तरीय कानून निर्माणमा सहयोग गर्ने उहाँको भनाइ छ । सभापति रोकायले विधायन व्यवस्थापन समितिले कानून निर्माणको प्रक्रियालाई प्रभावकारी बनाउन इमान्दारीपूर्वक काम गरिरहेको समेत बताए ।

Previous Post

उद्धार, पुनःस्थापना र पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन तत्काल संसदीय विशेष समिति गठन गरियोस्ः एमाले

Next Post

नागरिक उड्डयन प्राधिकरणलाई दुई निकायमा विभाजन गर्ने विधेयक तयारी हुँदैछः मन्त्री पौडेल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In