• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बढ्दो आणविक प्रसारको चिन्ताबीच आइएइएको ७० औँ महासम्मेलन शुरु

रिजन खड्का by रिजन खड्का
३१ भदौ, २०८३
A A
बढ्दो आणविक प्रसारको चिन्ताबीच आइएइएको ७० औँ महासम्मेलन शुरु
0
SHARES
0
VIEWS

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को ७० औँ महासम्मेलन अस्ट्रियाको भियनामा सुरु भएको छ। बढ्दो भूराजनीतिक तनावबीच बहुपक्षीय सहकार्य सुदृढ गर्न र विश्वव्यापी आणविक अप्रसार व्यवस्थालाई कायम राख्न सम्मेलनमा आह्वान गरिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सन्देश भियनास्थित संयुक्त राष्ट्रसंघ कार्यालयकी महानिर्देशक मोनिका जुमाले सम्मेलनमा प्रस्तुत गरिन्। गुटेरेसले विश्व अहिले गम्भीर अस्थिरता र अनिश्चितताको अवस्थामा रहेको बताए।

उनका अनुसार आणविक प्रतिष्ठानमाथिका आक्रमण बढिरहेका छन्, आणविक हतियार प्रसारलाई बढावा दिने कारणहरू तीव्र हुँदैछन् भने त्यसलाई रोक्ने सुरक्षा संयन्त्र कमजोर हुँदै गएका छन्। उनले आणविक ऊर्जा उत्पादनमा विश्व ठूलो परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै यसको सावधानीपूर्वक व्यवस्थापन र निगरानी आवश्यक रहेको बताए।

गुटेरेसले यस्तो अवस्थामा आइएइएको व्यावसायिकता, निष्पक्षता र प्राविधिक दक्षताको आवश्यकता अझ बढेको बताए।

आइएइएका महानिर्देशक राफायल ग्रोसीले सम्मेलनमा आणविक हतियार अप्रसार सन्धि विश्वव्यापी आणविक अप्रसार व्यवस्थाको आधारस्तम्भ रहेको बताए। ग्रोसीले बढ्दो तनाव र अविश्वासको अवस्थामा आइएइएलाई सहयोग गर्दै उक्त कानुनी संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिए।

उनले थप आणविक हतियार र आणविक हतियार भएका थप देश भएको विश्वलाई अझ सुरक्षित विश्वका रूपमा लिन नसकिने बताए।

सेप्टेम्बर १८ सम्म चल्ने यस वर्षको महासम्मेलनमा आइएइएका सदस्य राष्ट्रका वरिष्ठ अधिकारी तथा प्रतिनिधिसहित अन्तर्राष्ट्रिय र गैरसरकारी संस्थाका प्रतिनिधि गरी करिब ४ हजार जना सहभागी भएका छन्।

सन् १९५७ मा आइएइए स्थापना भएदेखि हरेक वर्ष आयोजना हुँदै आएको महासम्मेलनमा आणविक प्रविधिको शान्तिपूर्ण प्रयोगसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुन्छ। सम्मेलनमा ऊर्जा उत्पादन, क्यान्सर उपचार, खाद्य सुरक्षा, पानी व्यवस्थापन, आणविक सुरक्षा तथा सुरक्षात्मक उपायलगायतका विषय समावेश छन्।

Previous Post

संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि सर्वदलिय बैठक राख्न प्रधानमन्त्रीलाई आङ्देम्बेको सुझाव

Next Post

टर्कीमा कडा सुरक्षा व्यवस्थाबीच नयाँ शैक्षिक सत्र शुरु, विद्यालय आक्रमणपछि परिवारमा चिन्ता

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav