• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अफगानिस्तानको प्राचीन माटाका भाँडा बनाउने कला अस्तित्वको संघर्षमा

रिजन खड्का by रिजन खड्का
३१ भदौ, २०८३
A A
अफगानिस्तानको प्राचीन माटाका भाँडा बनाउने कला अस्तित्वको संघर्षमा
0
SHARES
0
VIEWS

अफगानिस्तानको राजधानी काबुलको उत्तरमा रहेको इस्तालिफ जिल्लामा पुस्तौँदेखि चलिआएको माटाका भाँडा बनाउने परम्परा अहिले संकटमा परेको छ।

करिब चार शताब्दीदेखि फस्टाउँदै आएको यो हस्तकला स्थानीय संस्कृति र धेरै परिवारको जीविकोपार्जनसँग जोडिएको छ। नूर अहमद आफ्ना बुबा र हजुरबुबाबाट विरासतमा पाएका औजार प्रयोग गर्दै हातैले कचौरा, थाल, कपलगायत विभिन्न भाँडा बनाउँछन्। उनका लागि प्रत्येक तयार वस्तु बिक्रीका लागि उत्पादन मात्र नभई पुस्तौँ पुरानो परम्परालाई निरन्तरता दिने माध्यम पनि हो।

तर पछिल्ला दशकमा इस्तालिफको माटाका भाँडा उद्योगमा ठूलो गिरावट आएको छ। अहमदका अनुसार विगतमा ३०० भन्दा बढी माटाका भाँडा बनाउने कार्यशाला रहेकामा अहिले संख्या घटेर करिब ४० वटा मात्र बाँकी छन्। ती कार्यशालाले भने महिलासहित २०० भन्दा बढी व्यक्तिलाई रोजगारी तथा आम्दानीको स्रोत प्रदान गरिरहेका छन्।

माटाका भाँडा बनाउने प्रक्रिया विशेष प्रकारको माटोलाई पानीसँग मिसाएर सुरु हुन्छ। मिश्रण तयार भएपछि परम्परागत औजार प्रयोग गरी विभिन्न आकार दिइन्छ। त्यसपछि भाँडालाई भट्टीमा पकाइन्छ र अन्त्यमा विशेष रंग तथा डिजाइनले सजाएर बजारमा बिक्रीका लागि तयार गरिन्छ।

इस्तालिफमा माटाका भाँडा बेच्ने वैस नजारी बाल्यकालदेखि नै यस व्यवसायमा संलग्न छन्। उनी परम्परागत कला जोगाउनुका साथै यही कामबाट आफ्नो परिवारको पालनपोषण गर्दै आएका छन्। १० सदस्यीय परिवारका एकमात्र कमाउने व्यक्ति नजारीले आफ्नो कामप्रति गर्व व्यक्त गर्दै मासिक १५ हजारदेखि २० हजार अफगानीसम्मको बिक्री हुने बताए। यो करिब ३१० अमेरिकी डलरसम्म बराबर हुन्छ।

काबुलबाट बजार पुगेका उस्मान अहमदीले पनि इस्तालिफका माटाका भाँडाको गुणस्तर र आकर्षक डिजाइनको प्रशंसा गरे।

केही दशकअघिसम्म अफगानिस्तानका विशेषगरी मध्य तथा उत्तरी प्रान्तमा माटाका भाँडा दैनिक जीवनमा व्यापक रूपमा प्रयोग हुन्थे। घरायसी प्रयोजनका विभिन्न काममा प्रयोग हुने यी भाँडालाई धेरै मानिसले सौन्दर्य र सांस्कृतिक महत्त्वका साथै प्राकृतिक सामग्रीबाट बनेका कारण उपयोगी मान्थे।

तर समयसँगै सिसा, प्लास्टिक तथा अन्य आधुनिक सामग्रीले परम्परागत माटाका भाँडाको स्थान लिन थाले। यसले माग घटाउनुका साथै यस व्यवसायमा निर्भर कारीगर तथा विक्रेताका अवसर पनि सीमित गरेको छ।

यस्ता चुनौतीका बाबजुद कारीगर र व्यापारीहरूले यो परम्परागत कला जोगाउन थप सहयोग आवश्यक रहेको बताएका छन्। उनीहरूले उपयुक्त उत्पादन सुविधा, बजार प्रवद्र्धनमा सहयोग तथा घरेलु र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न आग्रह गरेका छन्।

उनीहरूका अनुसार यस्तो सहयोगले माटाका भाँडा उद्योगलाई टिकाइराख्न, अफगानिस्तानको सांस्कृतिक सम्पदा संरक्षण गर्न र पुस्तौँदेखि चलिआएको यो परम्परालाई आगामी पुस्तासम्म निरन्तरता दिन मद्दत गर्नेछ।

Previous Post

हिमभास २०२७ मा १०० भन्दा बढी देशका विज्ञ सहभागी हुने, मेडिकल टुरिजम प्रवर्द्धनमा जोड

Next Post

पूर्वी डीआर कंगोको बुकाभुमा शोक, आगलागीका पीडितको अन्त्येष्टि

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav