• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

संसदमा सुरु भयो ‘डिजिटल पार्लियामेन्ट’ प्लेटफर्म

रिजन खड्का by रिजन खड्का
३१ भदौ, २०८३
A A
संसदमा सुरु भयो ‘डिजिटल पार्लियामेन्ट’ प्लेटफर्म
0
SHARES
0
VIEWS

काठमाडौं । संघीय संसदले संसदीय गतिविधि र सूचनालाई डिजिटल माध्यमबाट एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यसहित ‘डिजिटल पार्लियामेन्ट’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

हाल परीक्षणका रूपमा प्रयोग भइरहेको यो प्रणालीको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रूपमा शुभारम्भ गरे।

प्लेटफर्ममार्फत संसद्सँग सम्बन्धित सूचना, विधेयकको प्रगति, संसदीय क्यालेन्डर, सांसदको उपस्थितिसहित विभिन्न समिति तथा उपसमितिका गतिविधि एउटै डिजिटल माध्यमबाट हेर्न सकिने व्यवस्था गरिएको छ।

शुभारम्भ कार्यक्रममा सभामुख अर्यालले संसदीय कामकारबाहीलाई थप व्यवस्थित र नागरिकका लागि सहज बनाउन डिजिटल प्रणाली उपयोगी हुने बताए। उनका अनुसार संसद्को पुरानो अभिलेखलाई समेत क्रमशः डिजिटल स्वरूपमा सुरक्षित राख्दा भविष्यमा अध्ययन तथा अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार हुनेछ।

अर्यालले सार्वजनिक निकायका कामलाई थप पारदर्शी र नागरिकमैत्री बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको धारणा राखे। उनले संघीय संरचनाका विभिन्न तह र राज्यका निकायमा डिजिटल प्रणालीको विस्तारले जनविश्वास बढाउन सहयोग पुग्ने बताए।

राष्ट्रिय सभा अध्यक्ष दाहालले पनि कागजी प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दा संसदीय काम छिटो, पारदर्शी र जवाफदेही बनाउन सहज हुने बताए।

उनले संसद्मा नयाँ पुस्ताका सांसदको सहभागिता बढ्दै गए पनि परम्परागत कागजी अभिलेखमा निर्भरता अझै रहेको उल्लेख गरे। डिजिटल प्रणाली प्रभावकारी बनाउन सांसद तथा कर्मचारीलाई आवश्यक प्राविधिक ज्ञान र व्यावहारिक तालिम दिनुपर्नेमा उनले जोड दिए।

नेपालमा डिजिटल संसद्को अभ्यास प्रारम्भिक चरणमा रहेकाले देशको आवश्यकता र उपलब्ध स्रोतअनुसार यसलाई क्रमशः विस्तार गर्दै लैजानुपर्ने दाहालले बताए।

Previous Post

राष्ट्र बैंक गभर्नरको कार्यकाल पाँच वर्ष बनाउन एमाले सांसद कँडेलको प्रश्ताव

Next Post

गभर्नरको तीन वर्षे कार्यकालपछि दुई वर्ष थप गर्न सकिने व्यवस्था उपयुक्तः रास्वपा सांसद भण्डारी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav