• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर होस्ः सांसद केसी

रिजन ढकाल by रिजन ढकाल
३१ भाद्र २०८३, बुधबार
A A
दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर होस्ः सांसद केसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै केसीले मुलुकको संकटपूर्ण अवस्थालाई नाफा कमाउने अवसरका रूपमा प्रयोग गर्दै कालोबजारी भइरहेको बताए।

उनका अनुसार पछिल्लो समय चामलको मूल्य प्रतिबोरा २ हजार ७ सय रुपैयाँ, सूर्यमुखी तेल ३ सय रुपैयाँ, तोरीको तेल ४ सय ४० रुपैयाँ र खसीको मासुको मूल्य १ हजार ७ सय रुपैयाँसम्म पुगेको छ। अण्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँ पुगेको तथा सागपात र फलफूलसमेत सर्वसाधारणको पहुँचबाहिर गएको उनले बताए।

केसीले चार महिनाको अवधिमा मूल्यवृद्धि ४ दशमलव ५६ प्रतिशत पुगेको उल्लेख गर्दै बजार अनुगमन र आपूर्ति व्यवस्थापनमा सरकार गम्भीर हुन नसकेको आरोप लगाए।

काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार ग्यास सिलिण्डरको माग रहे पनि आपूर्ति आधाभन्दा कम रहेको उनले दाबी गरे। ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको तर कालोबजारमा प्रतिसिलिण्डर २ हजार ६ सय रुपैयाँसम्ममा सहजै ग्यास उपलब्ध भइरहेको उनले बताए।

केसीले भने, ‘आम जनताको भान्सामा भइरहेको अस्वाभाविक मूल्यवृद्धिमा मौन बस्नु उपयुक्त देखिँदैन। संकटलाई नाफा कमाउने अवसर ठान्दै कालोबजारीयाहरूले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन्।’

उनले चामल, खानेतेल, मासु, अण्डा, सागपात तथा फलफूलको मूल्यवृद्धिले सर्वसाधारण प्रभावित भएको बताए। काठमाडौं उपत्यकामा ग्यासको मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने तर कालोबजारमा महँगो मूल्यमा सहजै ग्यास पाइने अवस्था सिर्जना भएको उनको भनाइ थियो।

यस्तो अवस्थाले राज्यको उपस्थितिमाथि गम्भीर प्रश्न उठाएको भन्दै केसीले बजार अनुगमन, आपूर्ति व्यवस्थापन र मूल्य नियन्त्रणमा सरकार तत्काल गम्भीर बन्नुपर्ने बताए।

Previous Post

विपद् व्यवस्थापनका लागि संसदीय तहबाट सामूहिक पहल आवश्यकः सभापति कार्की

Next Post

विपद् व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी गर्दैछौँः महावीर पुन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In