• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

विपद् व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी गर्दैछौँः महावीर पुन

रिजन ढकाल by रिजन ढकाल
३१ भाद्र २०८३, बुधबार
A A
विपद् व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी गर्दैछौँः महावीर पुन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि नेपालमै ड्रोन उत्पादनसम्मको तयारी भइरहेको बताएका छन्।

बुधवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै पुनले कृत्रिम बुद्धिमत्ता (एआई) र भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तयारी भइरहेको जानकारी दिए।

विपद्सम्बन्धी अवस्थाको वास्तविक समयमै निगरानी तथा पूर्वानुमान गर्न सकिने ‘सिचुएसन रुम’ निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए। विपद् व्यवस्थापनमा ड्रोन तथा रोबोटिक्सको उपयोगिता देखिएकाले नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने सम्भावनाबारे मन्त्रालयले काम अघि बढाएको उनको भनाइ थियो।

उनका अनुसार चीन र संयुक्त अरब इमिरेट्स (यूएई) बाट ८० देखि १०० किलोग्रामसम्म सामग्री बोक्न सक्ने ड्रोन सहयोगस्वरूप प्राप्त भएका छन्। यस्ता ड्रोन खरिद गर्दा महँगो पर्ने भएकाले भविष्यमा नेपालमै उत्पादन गर्ने लक्ष्यसहित काम अघि बढाइएको पुनले बताए।

मन्त्री पुनले हिमताल विस्फोट, पहिरो तथा भूकम्प मापनलगायतका विषयमा अनुसन्धान गरी त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउने तयारी भइरहेको पनि जानकारी दिए।

वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मत, सम्भार र पुनःस्थापनालाई मन्त्रालयले प्राथमिकता दिएको उनले बताए। विपद्का घटनापछि केही समय मात्रै चासो राख्ने प्रवृत्ति अन्त्य गर्दै सबै मापन केन्द्रलाई नियमित रूपमा सञ्चालनयोग्य अवस्थामा राख्ने काम भइरहेको पुनको भनाइ थियो।

उनले भने, ‘एआई र भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तथा ‘सिचुएसन रुम’ बनाएर निरन्तर रियल टाइममा विभिन्न पूर्वानुमान तथा निगरानी गर्ने व्यवस्था विकास गर्ने काम भइरहेको छ। ड्रोन र रोबोटिक्सको उपयोगिता धेरै देखिएकाले सकेसम्म नेपालमै ड्रोन उत्पादन गर्ने उद्देश्यका साथ काम अघि बढाइएको छ।’

मन्त्री पुनले रसुवा बाढीपीडितका लागि विदेशी सरकारबाट प्राप्त राहत सामग्री बुझ्ने तथा व्यवस्थापन गर्ने काम मन्त्रालयले गरिरहेको जानकारी दिए। उनका अनुसार राहत सामग्री बोकेका विमान दैनिक दुई–तीन ट्रिपसम्म नेपाल आइरहेका छन्।

राष्ट्रसेवक कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तलबबाट योगदान गर्ने निर्णय भएको पनि उनले बताए। श्रेणीविहीन कर्मचारीबाट दुई दिन, राजपत्र अनङ्कित वा सोसरहका कर्मचारीबाट पाँच दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट सात दिन तथा प्रथम र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको उनले जानकारी दिए।

पुनले रसुवा बाढीमा मृत्यु भएकाहरूको पहिचानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण भइरहेको बताए।

उनका अनुसार नास्टमा दैनिक करिब ४० देखि ५० वटा नमूना परीक्षण भइरहेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हालसम्म मृतकका १ हजार ५६२ वटा डीएनए परीक्षण नमूना प्राप्त भएका छन्।

बुटवलमा सम्पर्कविहीन व्यक्तिका आफन्तबाट डीएनए नमूना संकलन गरी परीक्षण गर्ने प्रक्रिया पनि अघि बढाइएको उनले बताए। हालसम्म ९८ जनाको डीएनए नमूना संकलन तथा परीक्षणको प्रक्रिया अघि बढेको पुनले जानकारी दिए।

डीएनए परीक्षणमा नेपाली तथा चिनियाँ टोलीसँगै भारतीय विज्ञसमेत संलग्न रहेको उनले बताए। उनका अनुसार भारतबाट नौ जना विज्ञ तथा चीनबाट १५ जना विज्ञ तथा प्राविधिक टोली नेपाल आएर नेपाली टोलीसँग मिलेर काम गरिरहेका छन्।

नास्टले साना सौर्य बत्ती एसेम्बल गरी आवश्यक स्थानमा पठाउने कामसमेत गरिरहेको मन्त्री पुनले जानकारी दिए।

Previous Post

दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर होस्ः सांसद केसी

Next Post

शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर अनुगमन गर्ने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In