• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

राप्रपा वागमती प्रदेशका सांसदहरुको अध्यक्ष लिङदेनलाई चुनौती– ‘विक्री भएको प्रमाण २४ घण्टाभित्र पेश गर्नुस्’

रिजन ढकाल by रिजन ढकाल
३१ भाद्र २०८३, बुधबार
A A
राप्रपा वागमती प्रदेशका सांसदहरुको अध्यक्ष लिङदेनलाई चुनौती– ‘विक्री भएको प्रमाण २४ घण्टाभित्र पेश गर्नुस्’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफूहरू ‘बिकेको’ आरोप प्रमाणित गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई २४ घण्टाभित्र प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन्।

बुधवार धुम्बाराहीस्थित पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउँदै थापाले ‘को बिक्यो, कति रकममा बिक्यो, कसले किन्यो, कहिले, कहाँ र कसरी लेनदेन भयो’ भन्ने विवरणसहित प्रमाण सार्वजनिक गर्न माग गरे।

आरोप प्रमाणित भए आफूहरूमाथि जुनसुकै कारबाही स्वीकार गर्ने बताउँदै उनले प्रमाण दिन नसके अध्यक्ष लिङ्देनले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए। उनले गण्डकी प्रदेशमा राप्रपाका दुई सांसदले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरिरहेको विषयमा पनि पार्टीले त्यसबाट प्राप्त लाभ र निर्णयको लेखाजोखा गर्नुपर्ने बताए।

राप्रपा अध्यक्ष लिङ्देनले वागमती प्रदेशका सांसदहरूलाई नेकपा एमालेले ‘खरिद’ गरेको आरोप लगाएपछि त्यसविरुद्ध वागमती प्रदेश कार्यसमितिको नेतृत्वमा सांसदहरूले ज्ञापनपत्र बुझाएका हुन्।

वागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रमबहादुर थापाले सांसदहरूमाथि गरिएको कारबाही र ‘बिकेको’ भन्ने अभिव्यक्ति फिर्ता लिन अध्यक्ष लिङ्देनलाई आग्रह गरे। राजनीतिक निर्णयमा असहमति राख्न पाइने भए पनि आफ्नै पार्टीका निर्वाचित जनप्रतिनिधिमाथि व्यक्तिगत तथा चरित्रसम्बन्धी आरोप लगाउन नमिल्ने उनले बताए।

ज्ञापनपत्रमा वागमती प्रदेशका सांसदहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन, व्यक्तिगत लाञ्छना लगाउने प्रवृत्ति अन्त्य गर्न तथा पार्टीभित्र विधि, विधान, पारदर्शिता र राजनीतिक मर्यादा कायम गर्न माग गरिएको छ। साथै कोशी प्रदेशमा सभामुख पद कायम राख्ने र गण्डकीमा नेपाली कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णयलगायत अध्यक्ष लिङ्देनका विगतका निर्णयमाथि पनि प्रश्न उठाइएको छ।

Previous Post

नेकपा सांसद शर्माको प्रश्न–रास्वपा सरकारमा गरिबले बच्चा जन्माउन सडकमै जानुपर्ने हो ?

Next Post

सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीलाई सोधे–योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ?

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In