• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण

रिजन ढकाल by रिजन ढकाल
१ आश्विन २०८३, बिहीबार
A A
मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित तथा स्थानीय भेन्डर्सका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै उनले प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले आजदेखि मेलम्ची खानेपानी आयोजनाका सवारीसाधन तथा कर्मचारीलाई आयोजनास्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको जानकारी दिए। आन्दोलनका कारण मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भई आयोजना सञ्चालनमा समस्या आउन सक्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए।

यसअघि मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित पीडित र स्थानीय भेन्डर्सले पानी पथान्तरण बन्द गरेर सरकारसँग विभिन्न सम्झौता गरे पनि ती सम्झौता अझै कार्यान्वयन हुन नसकेको उनले बताए।

प्रमुख सचेतक दुलालले मेलम्ची बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक निर्माण तथा बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई मुख्य माग बनाएको बताए। स्थानीय भेन्डर्सले पनि सरकारबाट आफूले प्राप्त गर्नुपर्ने विषय सम्बोधन गर्न माग गर्दै आएको उनले बताए।

उनले भने, ‘मेलम्ची खानेपानी आयोजनाका प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले आज एउटा आन्दोलनको घोषणा गरेको छ। आजदेखि मेलम्ची खानेपानी आयोजनाका कुनै पनि गाडी तथा कर्मचारीलाई आयोजनास्थलमा प्रवेश गर्न नदिने घोषणा गरेको छ। यसले मेलम्ची खानेपानी आयोजना प्रभावित हुने तथा निरन्तरता दिन समस्या हुन्छ। मेलम्ची बाढी र खानेपानी आयोजनाबाट प्रभावित पीडित तथा संघर्ष समिति र लोकल भेन्डर्स समितिले यसअघि पनि पानी पथान्तरण बन्द गरेर सरकारले पटक–पटक विभिन्न सम्झौता गरेको छ। त्यसअन्तर्गत बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, त्यहाँको सडक र बाढीले क्षति पुर्‍याएको ठाउँलाई प्रमुख मुद्दा बनाएको छ भने लोकल भेन्डर्सले सरकारबाट आफूले प्राप्त गर्नुपर्ने विषयलाई मुद्दा बनाएको छ। यो दुःखद् क्षण नआओस् र फेरि पनि पानी पथान्तरण बन्द गर्नुपर्ने तथा जनताले दुःख पाउने स्थिति नआओस्।’

दुलालले मेलम्चीदेखि हेलम्बुसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का तत्काल स्वीकृत गर्न र मेलम्चीदेखि पाँचपोखरीसम्मको सडकको बहुवर्षीय ठेक्का प्रक्रिया पनि अविलम्ब अगाडि बढाउन सरकारसँग माग गरे।

उनले विगतमा सरकारले पीडितसँग गरेका सम्झौता तत्काल कार्यान्वयन गर्नसमेत माग गरे।

Previous Post

अख्तियारको ३६ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

Next Post

जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?– एमाले सांसद बराल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In