• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

टर्की र इरानबीच पीकेके संवद्ध समूह विघटन तथा सीमापार सुरक्षा सहकार्यबारे छलफल

रिजन खड्का by रिजन खड्का
२ अशोज, २०८३
A A
टर्की र इरानबीच पीकेके संवद्ध समूह विघटन तथा सीमापार सुरक्षा सहकार्यबारे छलफल
0
SHARES
0
VIEWS

टर्कीका गृहमन्त्री मुस्तफा चिफ्त्चीले अंकारामा भ्रमणमा रहेका इरानी समकक्ष एस्कन्दर मोमेनीसँग भेटवार्ता गर्दै आतंकवादविरुद्धको अभियान तथा सुरक्षा मामिलामा दुई देशबीच सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

टर्कीको गृह मन्त्रालयका अनुसार चिफ्त्चीले विभिन्न क्षेत्रमा फरक–फरक नाममा सक्रिय पीकेके (कुर्दिस्तान वर्कर्स पार्टी) का सबै सम्बद्ध संरचनाहरू विघटन भइरहेको प्रक्रियालाई टर्कीले निगरानी गरिरहेको बताए । उहाँले सिरिया र इराकमा पीकेकेको विघटन क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

चिफ्त्चीले इरानमा सक्रिय पीकेकेको पीजेएके (कुर्दिस्तान फ्री लाइफ पार्टी) संरचनालाई पनि उक्त प्रक्रियामा समेट्नु अत्यन्त आवश्यक रहेको बताए । उहाँका अनुसार प्रक्रियाको विरोध गर्ने पीजेएकेका सदस्यहरू इरान प्रवेश गरेमा त्यहाँ उक्त संगठनको गतिविधि थप सक्रिय हुन सक्ने जोखिम रहन्छ ।

इरानी गृहमन्त्री मोमेनीले टर्की सरकारले अघि बढाएको ‘आतंकवादमुक्त टर्की’ प्रक्रियाप्रति इरानको समर्थन रहेको बताए । यो पहलको उद्देश्य पीकेकेसँग दशकौँदेखि जारी द्वन्द्वलाई स्थायी रूपमा अन्त्य गर्नु रहेको टर्की सरकारको भनाइ छ ।

मोमेनीले टर्की, इराक, इरान र सिरियाले संयुक्त रूपमा काम गर्दै पीकेके तथा यसका सम्बद्ध समूहहरूलाई हतियार त्याग्न प्रोत्साहित गर्नुपर्ने र कुर्द मुद्दाको आधारभूत समाधान खोज्नुपर्ने बताए ।

यसैबीच, चिफ्त्चीले सीमापार हुने सबै प्रकारका संगठित अपराधविरुद्ध इरानसँग प्रभावकारी सहकार्य गर्न टर्की तयार रहेको बताए । विशेषगरी लागूऔषध तस्करी तथा नयाँ प्रकारका आपराधिक संगठनहरूविरुद्ध सहकार्य बढाउनुपर्नेमा उहाँले जोड दिए ।

अनियमित आप्रवासनको दबाबलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न दुई देशबीच सीमा व्यवस्थापनसम्बन्धी समन्वय र सुरक्षा उपायलाई थप मजबुत बनाउनुपर्ने धारणा पनि चिफ्त्चीले राखे ।

पीकेकेले सन् १९८४ देखि टर्की सरकारविरुद्ध सशस्त्र विद्रोह गर्दै आएको छ । टर्की, अमेरिका र युरोपेली संघले पीकेकेलाई आतंकवादी संगठनका रूपमा सूचीबद्ध गरेका छन् । इरानमा सक्रिय पीजेएकेलाई व्यापक रूपमा पीकेकेको सम्बद्ध संगठनका रूपमा लिइन्छ ।

सन् २०२५ को मेमा, पीकेकेले आफ्ना जेलमा रहेका नेता अब्दुल्लाह ओजालानको आह्वानपछि हतियार त्याग्ने र संगठन विघटन गर्ने निर्णय सार्वजनिक गरेको थियो । त्यसपछि अगस्ट १०, २०२५ मा, टर्कीको संसद्ले पीकेकेको निःशस्त्रीकरण तथा पुनःएकीकरणका लागि कानुनी ढाँचा अनुमोदन गरेको थियो । यसलाई दशकौँदेखि जारी द्वन्द्व अन्त्य गर्ने प्रक्रियातर्फको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरिएको छ ।

Previous Post

नौसैनिक जहाज ठोक्किएपछि पाकिस्तानले भारतका शिर्ष कुटनीतिक प्रतिनिधिलाई बोलायो

Next Post

टर्कीमा डिजेलको मूल्य १०० लिराभन्दा माथि, दुई दिनमै दोस्रो वृद्धि

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav